धमाधम चुनावी घोषणापत्र सार्वजनिक : सोमबार ३ पार्टीको आउँदै
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुले धमाधम आफ्नो घोषणापत्र सार्वजनिक गर्न थालेका छन् । सोही क्रममा सोमबार ३ राजनीतिक दलहरुले आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत (समाजवादी) र राप्रपाले चुनावका लागि तयार गरेको घोषणापत्र सोमबार सार्वजनिक गर्दैछन् । माओवादीले सोमबार दिउँसो तीन बजे पार्टी हेडक्वार्टर पेरिसडाँडामा एक कार्यक्रमबीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिएको कार्यालय सचिव श्रीराम ढकालले रातोपाटीलाई जानकारी दिए ।
माओवादीले पार्टीका जनवर्गीय संगठन, विभाग र विभिन्न ११ क्षेत्रका विषय विज्ञसँग छलफल गरेर घोषणापत्र तयार गरेको हो । सबै क्षेत्र र पेशा व्यवसायलाई समेट्नेगरी ५ वर्षे योजना घोषणापत्रमार्फत आउने ढकालको भनाई छ ।
माओवादीले आगामी पाँच वर्षभित्र समाजवादको आधार तयार गर्ने योजनासहितको घोषणापत्र तयार गरेको छ । उक्त दलले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा र संविधानको कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्ने योजनासहितको घोषणापत्र तयार गरिएको घोषणापत्र निर्माणमा संलग्न एक नेताले बताए ।
त्यस्तै नेकपा एकीकृत समाजवादीले पनि सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । उक्त पार्टीले दिउँसो ३ बजे बानेश्वरस्थित पार्टी कार्यालयमा कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक गर्न लागेको हो । एकीकृत समाजवादीको घोषणापत्र तयारीका लागि उपमहासचिवत्रय प्रकाश ज्वाला, गंगालाल तुलाधर र विजय पौडेललाई जिम्मेवारी दिइएको थियो ।
समाजवादीले घोषणापत्रको नारा ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक समाजिक रुपान्तरण र समृद्धि समाजवादको आधार’ तय गरेको छ ।
त्यसैगरी राप्रपाले पनि सोमबार घोषणापत्र सार्वजनिक गर्दैछ । त्यसका लागि बिहान साढे ११ बजे बानेश्वर बैङ्क्वेट थापा गाउँमा कार्यक्रम आयोजना गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण