गुजरातमा पुल भत्किँदा कम्तिमा ६० जनाको मृत्यु भएको पुष्टि, १०० जना बेपत्ता
गुजरातको मोरबीमा एउटा ब्रिटिशकालीन पुल मर्मतसम्भार गरेको एक सातापछि नै भत्किँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । प्रशासनका अनुसार नदीमा एक सयभन्दा बढी डुबेका छन् र तिनको खोजी भइरहेको छ ।
भारतीय समय अनुसार साँझ ६ः ४२ मा छठ पूजाका लागि पुलमा करिब ५०० मानिस जम्मा भएको बेला पुल भत्किएको थियो ।
भारतीय मिडियामा आउको रिपोर्टहरू अनुसार झण्डै सय जना मानिस अझै माचु नदी हराइरहेको आशंका छ । दुर्घटनापछि खिचिएको घटनास्थलको भिडियोमा नदीमा डुबेका मानिसहरु अन्धकारमा नदी किनारमा पुग्ने प्रयास गरिरहेको देखिन्छ ।
सय वर्षभन्दा पुरानो मोरबीको झोलुङ्गे पुल केही समयअघि मात्र भारत सरकारले मर्मत गरेको थियो । मर्मतसम्भार सकिएर गुजराती नयाँ वर्ष अर्थात अक्टोबर २६ सर्वसाधरणको लागि खुलाइएको थियो । हाल गुजरातमै रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै मोरबीमा भएको त्रासदीबाट अत्यन्त दुःखी भएको र राहत तथा उद्धार कार्य तीव्र गतिमा भइरहेको बताए ।
उनले प्रभावितहरुलाई आवश्यक सबै सहयोग उपलब्ध गराइने ट्वीटमा बताएका छन् । पीडित परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरिएको छ । –एनडीटीभी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण