गुजरातमा पुल भत्किँदा मर्नेको सङ्ख्या १३२ पुग्यो
गुजरातको मोरबीमा आइतबार माच्छु नदीमा रहेको झोलुङ्गे पुल भत्किएको छ । माच्छु खोलामा बनेको शताब्दी पुरानो झोलुङ्गे पुल भत्किँदा यस दुर्घटनामा पुलमा रहेका धेरै मानिस नदीमा खसेका थिए ।
गुजरातका गृहमन्त्री हर्ष सिंह सांघवीले राति एक बजेसम्म ६८ जनाको शव निकालिएको बताएका थिए । राति अबेरसम्म राहत र उद्धार कार्य जारी रहेको तर धेरै मानिस बेपत्ता भएको उनले जानकारी दिएका थिए । सोमबार बिहान सांघवीले मृत्यु हुनेको सङ्ख्या १३२ पुगेको बताएका छन्।
यसअघि राति अबेर राति राजकोटका भाजपा सांसद मोहनभाई कल्याणजी कुण्डरियाले मृतकको सङ्ख्या बढ्न सक्ने आशंका समेत गरेका थिए । १५ मिनेटमै ५० भन्दा बढी एम्बुलेन्स घटनास्थल पुगेको कुण्डरियाले बताए ।
यो पुल वर्षौँदेखि बन्द थियो । यो भर्खरै मर्मतसम्भार पछि जनताको लागि पुनः खोलिएको थियो। यो नयाँ पुल गुजराती नयाँ वर्षमा दीपावली पछि खोलिएको थियो। दीपावलीको बिदा र आइतबारका कारण पुलमा मानिसको भीड लागेको थियो । यद्यपि यो शताब्दी पुरानो पुल के कारणले ढल्यो भन्ने कारण भने खुल्न सकेको छैन । पुल भत्किनुको कारणबारे अनुसन्धान गर्न पाँच सदस्यीय टोली गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण