माओवादी केन्द्र प्रदेश १ चुनावी प्रतिवद्धतापत्र : संघीयता कार्यान्वयन र आर्थिक विकास प्राथमिकतामा
नेकपा (माओवादी केन्द्र) प्रदेश १ ले मंसिर ४ मा हुने चुनावका लागि प्रदेशस्तरीय घोषणापत्र (प्रतिबद्धता पत्र) सार्वजनिक गरेको छ । माओवादी केन्द्र प्रदेश १ ले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा संघीयता कार्यान्वयन र आर्थिक विकासलाई प्राथमिकतामा राखेको छ ।
जसमा प्रदेश राजधानीका लागि आगामी ५ बर्षमा सम्पुर्ण भौतिक संरचनाहरु निर्माण गर्ने, संविधानअनुसार प्रदेशमा हस्तान्तरण हुन बाँकी रहेका संघीय मन्त्रालय मातहत निकाय र संवैधानिक अधिकार प्रदेश मातहत ल्याउने, संघीयता कार्यान्वयनसँगै प्रदेशलाई बलियो बनाउन आवस्यक संरचना, कानुन र नीति निर्माण गरी कार्यान्वयनमा ल्याउने, प्रदेश प्रहरी गठन गरी शान्ति सुरक्षाको सुदृढ व्यवस्थापन गर्ने माओवादीको प्रतिवद्धतामा उल्लेख छ ।
त्यस्तै आर्थिक विकासतर्फ समाजवादउन्मुख राष्ट्रिय औद्योगिक पुँजीको विकास गर्दै आत्मनिर्भर अर्थतन्त्र विकासबाट नेपाली विशेषतासहितको समाजवादको आधार तयार गर्ने,आर्थिक विकास र समृद्धिका लागि स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न लगानीमैत्री वातावरण बनाउने, बजारको माग र आवश्यकताअनुसार प्रदेशको विशिष्ट उत्पादन कार्यक्रममा जोड दिने र राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा बजारीकरण गर्न सकिने तुलानात्मक लाभका वस्तु तथा सेवाको पहिचान गर्ने लगायतमा प्रतिवद्धता जनाइएको छ ।
त्यसका साथै पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा माओवादीको प्रतिबद्धता समेटिएका छन् । ‘उत्पादनमुखी विकास र समुन्नत समाज समाजवादको आधार, सुदृढ संघीयतासहित समृद्ध प्रदेशका लागि माओवादी सरकार’ मुल नारा बनाएको माओवादी प्रतिवद्धतामा ‘एक घर, एक रोजगारी’ कार्यक्रमार्फत प्रदेशवासीलाई उत्पादनसँग जोडेर गरिबी निवारण गर्ने, ‘एक घर, एक धारा’ को अवधारणा कार्यान्वयन गर्ने, उज्यालो प्रदेश घोषणा गर्ने, पर्यटन विश्वविद्यालय बनाउने एजेण्डा अघि सारेको छ ।
त्यस्तै कृषि उत्पादनको व्यवसायीकरणलाई प्रोत्साहन गर्न १४ वटै जिल्लालाई विशेष उत्पादन क्षेत्रमा वर्गीकरण गर्ने माओवादीको प्रतिवद्धतामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण