रुपन्देहीमा कारको ठक्करबाट ३ जनाको मृत्यु, चालक फरार
सोमबार, १४ कात्तिक २०७९, १२ : ४०
रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु भएको छ २ जना घाइते भएका छन् । भैरहवाबाट परासी तर्फ जाँदै गरेको कारले ओमसतिया ४ पननीमा बिहान ठक्कर दिँदा एक शिशु सहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार मृतकहरू ओमसतिया –४ का वर्ष १४ की सीमा कुर्मी, वर्ष २८ की प्रमीला कुर्मी र ३५ दिनको एक शिशु रहेको छन् । घटनामा शिशुकी आमा २४ वर्षीय वन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीय मञ्जु कुर्मी घाइते भएका छन् । घाइतेको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्करपछि फरार भएको गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा ७ हजार फरार प्रतिवादी पक्राउ
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण