कार्तिक २९ गते एमाले अध्यक्ष ओलीले सुर्खेतको चुनावी सभालाई सम्बोधन गर्ने
नेकपा (एमाले)ले यही कार्तिक २९ गते सुर्खेतको वीरेन्द्रनगरमा विशाल चुनावी जनसभा गर्ने भएको छ । मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी आयोजना हुने उक्त जनसभालाई एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
चुनावी सभामा दशौँ हजार जनसमुदायको सहभागिता रहने एमाले सुर्खेतका सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख गंगाराम तिमल्सेनाले बताए । उनका अनुसार एमाले सुर्खेतको जिल्ला कमिटी सचिवालय बैठकले उपाध्यक्ष कुलमणि देवकोटाको संयोजकत्वमा सात सदस्यीय जनसभा व्यवस्थापन समिति गठन गरेको छ । जसमा जिल्ला पार्टी सचिव कविन्द्रकुमार केसी, उपसचिव घनश्याम पाण्डे, सचिवालय सदस्य डम्मर तिवारी, गंगाराम तिमिल्सेन, पूर्णप्रसाद पौडेल र नगर कमिटी अध्यक्ष निलकण्ठ खनाल सदस्य रहेका छन् ।
वीरेन्द्रनगरको चुनावी जनसभालाई एमाले स्थायी कमिटी सदस्य एवं सुर्खेत क्षेत्र नं. २ ‘क’ प्रदेश सभा सदस्यका उम्मेदवार यामलाल कँडेललगायतका शीर्ष तथा प्रभावशालि नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन दैलेखमा हुने एमालेको चुनावी जनसभालाई पनि अध्यक्ष ओलीसहितका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । अध्यक्ष ओलीले निर्वाचनअघि सुर्खेत र दैलेखसहित ४० जिल्लाका चुनावी जनसभालाई सम्बोधन गर्ने कार्यतालिका तय भएको छ ।
स्थानीय चुनावभन्दा ६ प्रतिशत मत बढाउने लक्ष्य राखेर एमालेले भारतसँग सीमा विवाद रहेको दार्चुलाबाट देशव्यापी चुनावी अभियान थाल्ने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन कमिटीले निर्धारण गरेको कार्यक्रमअनुसार अध्यक्ष ओलीले दार्चुलाको खलंगाबाट अभियानको सुरुवात गर्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण