एमालेको घोषणा : सातै प्रदेशमा फिल्म सिटी
मङ्गलबार, १५ कात्तिक २०७९, १५ : ४६
नेकपा एमालेले नेपाली चलचित्रको प्रवर्द्धन, विकास र विस्तारको लागि सबै प्रदेशमा फिल्म सिटी निर्माणको घोषणा गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको घोषणा पत्रमा चलचित्रको प्रवर्द्धन, विकास र विस्तार समेत गरिने उल्लेख छ ।
प्रत्येक प्रदेशमा कला, साहित्य र संस्कृतिको विकासका लागि प्रतिष्ठान स्थापना गर्ने र मनोरञ्जनका विधामा पर्यटनको पहिचान, प्रवर्द्धन, विकास र संरक्षण गरिने समेत समेटिएको छ । कलाकर्मी, स्रष्टा, साहित्यकारको हक हित संरक्षण गरिने समेत समेटिएको घोषणा पत्रमा कलाकार, संस्कृतकिर्मी, स्रष्टा, सबै धार्मिक क्षेत्रका अगुवा र समाजसेवीहरूलाई सम्मानित गर्ने समेत एमालेको प्रतिबद्धता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
-
काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण