सन्दीपको बयान जारी, आज थुनछेक बहस नहुने
नाबालिग बलात्कारको कसुरमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेको बयान काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा जारी छ । बिहान ११:३० बजेदेखि सुरु भएको बयान समाचार तयार पार्दासम्म जारी छ ।
१७ वर्षकी किशोरीलाई होटलमा पुराएर जबरजस्ती करणी गरेको कसुरमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने गत असोज २० गते पक्राउ परेका थिए । गत भदौ ६ गतेको बिहान पिंगलास्थानमा रहेको होटल काठमाडौं इनमा बलात्कार गरेको भन्दै किशोरीले भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
भदौ ६ गते साँझ क्रिकेट खेल्नका लागि केन्या पुगेका लामिछाने त्यसपछि क्यारेबियन प्रिमियर लिग खेल्न पुगेका थिए । तर सोही समयमा उनीविरुद्ध जबरजस्ती करणीको जाहेरी परेपछि खेल नखेली फरार भएका थिए ।
लामिछाने फरार भएपछि प्रहरीले उनीविरुद्ध डिफुयुजन नोटिस जारी गरेको थियो । त्यसपछि पक्राउ पर्ने डरले उनी नेपाल फर्किएका थिए । नेपाल फर्किएलगत्तै उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरिएको थियो । प्रहरीले अनुसन्धान सकाएपछि सोमबार मात्रै सन्दीपविरुद्ध नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिब क्षतिपूर्तिको मागदावी लिई मुद्दा दायर गरिएको थियो ।
बयान अझै जारी रहेकाले आज थुनछेक बहस नहुने भएको छ । थुनछेक बहसमा पहिले वादीका तर्फबाट सरकारी वकिल पक्ष र अन्य अधिवक्ता भएमा उनीहरुले बहस गर्नेछन् । त्यसपछि प्रतिवादी लामिछानेका तर्फबाट कानुनी सहायता गरिरहेका अधिवक्ताहरुले सन्दीपको पक्षमा बहस गर्नेछन् । आवश्यक देखिएमा पछि पुनः सरकारी वकिल पक्षले बहस गरेपछि सन्दीपलाई पुर्पक्षमै राखेर मुद्दाको सुनुवाइ गर्नुपर्ने हो कि धरौटीमा राखेर मुद्दाको सुनुवाइ गर्ने भन्ने विषयमा आदेश हुनेछ । अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिएमा उनी पुर्पक्षका लागि थुनामा जानेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण