सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

शव वाहनमा आइन् दुलही, शवहरुको बीचमा गरिन् विवाह !

मङ्गलबार, १५ कात्तिक २०७९, १७ : ०६
मङ्गलबार, १५ कात्तिक २०७९

एक जोडीले विवाहका लागि यस्तो स्थल छानेका छन् जसले धेरैलाई अचम्मित बनाएको छ । एक जोडीले आफ्नो जीवनको सबैभन्दा विशेष पललाई त्यस्तो स्थानमा मनाए जहाँ धेरैजसो मानिसहरु अन्तिम संस्कारका लागि पुग्ने गर्छन् । यो जोडीले फ्युनरल होम (समाधि स्थल) मा नै विवाह गरे ।

मिरर डट को डट युकेका अनुसार याे घटना अमेरिकाको हो । क्यालिफोर्नियाको रिडलीमा बस्ने २७ वर्षकी नोर्मा निनोले २९ वर्षका एक्सेलसँग विवाह गरेकी छिन् । विवाहका लागि नोर्मा शववाहनमा पुगेकी थिइन् । उनीहरुले कफिनले घेरिएको स्थानमा विवाह गरेका हुन् ।

साधारणतया अमेरिकामा विवाहका लागि दुलहीले सेतो गाउन लगाउने गर्छन् र अन्तिम संस्कारमा भाग लिन कालो पहिरन लगाउने गर्छन् । तर यो अचम्मको विवाहका लागि नोर्माले कालो लुगा लगाएकी थिइन् । तर विवाहमा सरिक धेरैजसो मानिसले यो अचम्मको वेडिङ थिममा हैरानी जताए । तर कफिन बनाउने काम गर्ने नोर्माले आफ्नो विवाहलाई ‘परफेक्ट’ बताइन् ।

नोर्माले भनिन्, ‘मलाई समाधि स्थलमा नै विवाह गर्नुथियो । यो शहरको पहिलो यस्तो समाधि स्थल हो जसलाई महिलाले चलाउँछन् । यो मेरो जीवनको महत्वपूर्ण हिस्सा हो किनभने मैले यहाँ वर्षौँसम्म काम गरेकी छु । हेलोविन–थिम वेडिङ मेरा लागि परफेक्ट छ किनभने मलाई हेलोविन निकै मनपर्छ ।’

नोर्माले थपिन्, ‘मेरो परिवार अन्धविश्वासी छ , त्यसैले सुरुमा उनीहरु यस्तो विवाहका लागि डराएका थिए । तर विवाहको दिन सबै मानिसहरुले मलाई भने कि मेरो विवाहकै कारण उनीहरुले एक भिन्न तरिकाको विवाह अनुभव गर्न पाए ।’

खास कुरा यो पनि हो कि विवाहका लागि नोर्माले सबै पाहुनालाई १९३० को दशकको स्टाइलमा कस्ट्युम लगाएर आउन भनेकी थिइन् ।

नोर्मा र एक्सेलको अगस्ट २०१८ मा पहिलो पटक टिन्डरमा भेटेका थिए । दुई वर्षको डेटिङपछि एक्सेलले नोर्मालाई प्रस्ताव गरे । त्यसपछि यी दुईले अक्टोर २०२२ मा विवाह गरे ।

सुरुमा यो जोडीले योजमाइट नेशनल पार्कमा विवाह गर्ने योजना बनाएका थिए । तर नार्मासँग अर्को योजना पनि थियो । उनले भनिन्, ‘सुरुमा एक्सेल भेन्यूका लागि पक्का थिएनन् । तर विवाहको केही महिना अघि मात्रै उनी समाधि स्थलमा विवाहका लागि तयार भए । तर विवाहका दिन एक्सेलले भने, ‘हामीले सही निर्णय लियौँ ।’’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप