मानुषीले मागिन् अष्टलक्ष्मीसँग भोट र आशीर्वाद
बुधबार, १६ कात्तिक २०७९, १० : १२
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ की प्रतिनिधि सभा सदस्य उम्मेदवार मानुषी यमी भट्टराईले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग भोट र आशीर्वाद मागेकी छन् ।
मानुषी शाक्यसँग भोट र आशीर्वाद माग्न बुधबार बिहान नेता शाक्यको काठमाडौं-७ स्थित निजी निवासमा पुगेकी हुन् । सत्ता गठबन्धनका सहयोगमा उनी माओवादीको चुनाव चिह्न हँसिया हथौडा लिएर चुनाव लड्दैछिन् ।
‘काठमाडौं–७ मा एमाले नेतृ आदरणीय अष्टलक्ष्मी शाक्यको घरमा उहाँसँग मत मागेर भलाकुसारी समेत गर्यौ । उहाँसँग आशीर्वाद र शुभकामना लिएका छौँ’, शाक्यसँग भेटको तस्विर राख्दै मानुषीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ‘स्वस्थ प्रतिस्पर्धा हाम्रो राजनीतिक संस्कार हुनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
-
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
-
मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार
-
लालीबजारमा कला, जात र शरीरको राजनीति
-
सीआईबीले मनायो १६ औँ स्थापना दिवस
-
गत आवमा नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण