रेडमीको पहिलो प्याड नेपाली बजारमा
स्मार्टफोन कम्पनी साओमीले नेपाली बजारमा रेडमी प्याड लन्च गरेको छ । यो साओमीको रेडमी सबब्रान्ड अन्तर्गत को पहिलो ट्याब्लेट भएको बताइएको छ । यस प्याडमा सबै आवश्यक फिचरहरु समावेश भएको साओमीले जनाएको छ ।
लन्चमा बोल्दै साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “रेडमी सब–ब्रान्ड अन्तर्गत रेडमी प्याड लन्च गर्न पाउँदा हामी एकदमै उत्साहित छौँ । सुपथ मूल्यमा आधुनिक ट्याब्लेटको अनुभव लिन चाहने मानिसहरूलाई ध्यानमा राखेर हामीले यो ट्याब्लेट ल्याएका हौँ । १०.६१ इन्चको डिस्प्लेमा ९० हर्जको रिफ्रेश रेट भएको यस ट्याब्लेटमा बटरि स्मुथ भ्युइङ एक्पिरिएन्स लिन सकिन्छ । ८००० एम्एएच्को शक्तिशाली ब्याट्रिले यो प्याडमा काम गर्न, पढ्न अथवा मनोरन्जनकै लागि प्रयोग गर्दा पनि दिनभरी चलाउन सकिन्छ । २ के रेजोल्युसनमा बनाइएको यो प्याड फ्ल्यागशिप लेभल स्लिक र स्टाइलिश छ । साथै यसको स्टोरेज पनि १ टिबि सम्म बढाउन मिल्छ ।”
ट्याब्लेटको मुल्य ३४,९९९ रहेको छ । रेडमी ट्याब कार्तिक १६ गतेबाट नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
-
पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : आरजु राणा
-
डीआईजी दुर्गा सिंहको गण्डकी प्रदेशमा सरुवा
-
‘टिकटक बेच्ने कुनै योजना छैन’
-
‘डाबर नेपालले क्षमता विस्तारमा अर्बौं लगानी गर्दैछ’