सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

सोमबार, ११ साउन २०८३, १० : २४
सोमबार, ११ साउन २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लालविक्रम थापाले सुनसरीको देवानगञ्जमा प्रहरी गोलीबाट एक व्यक्तिको मृत्यु भएको घटनाको भर्त्सना गरेका छन्।
  • सांसद थापाले सामान्य विवादमा शरीरका अङ्ग ताकेर गोली चलाइएको आरोप लगाउँदै प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले जिम्मेवार जवाफ नदिएकोमा असन्तुष्टि जनाए।
  • उनले मृतकका परिवारलाई न्याय दिलाउन निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै घाइतेको उपचारमा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।

विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लालविक्रम थापाले सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा प्रहरीले चलाएको गोलीबाट २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु तथा अन्य व्यक्ति घाइते भएको घटनाप्रति भर्त्सना गरेका छन्।

झडपस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै सांसद थापाले सामान्य विवादका क्रममा छातीलगायत शरीरका अङ्ग ताकेर सिधै गोली चलाइएको आरोप लगाए । उनले थप व्यक्ति हताहत भएको हुन सक्ने आशङ्का व्यक्त गर्दै घटनाबारे प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले जिम्मेवार जवाफ नदिएको भन्दै असन्तुष्टि जनाए ।

सांसद थापाले मृतकका परिवारलाई न्याय दिलाउन निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे। साथै, घाइतेहरूको उपचारका लागि आवश्यक समन्वय गर्ने प्रतिबद्धता पनि जनाए।

डिजे बजाउने विषयमा भएको विवाद उग्र बन्दै झडपमा परिणत भएपछि प्रहरीले गोली चलाएको थियो। घटनापछि उक्त क्षेत्रमा कर्फ्यु जारी गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप