स्वतन्त्र व्यक्ति राष्ट्रपति हुनुपर्ने पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री
बिहीबार, १७ कात्तिक २०७९, १२ : ०७

राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पनि राजनीतिक दलमा नलागेका वा राजनीतिक लाभ नलिएको १० वर्ष पुरा नभएको वंशज नेपाली नागरिक राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ । बिहीबार सो पार्टीको सार्वजनिक गरेको घोषणापत्र (वाचा पत्र)मा शासकीय स्वरूपबारे यस्तो व्यवस्था गर्ने बताएको हो ।
वडाअध्यक्षदेखि संघीय संसदसम्म सम्मिलित वृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने सो पार्टीको वाचा पत्रमा उल्लेख छ । यस्तै राष्ट्रिय सभाका अध्यक्ष पदेन उपराष्ट्रपति हुने, जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गरेको छ । यस्तै प्रदेश परिषद, राष्ट्रियसभा र संवैधानिक परिषद्लाई पनि शासकीय स्वरूपमा समावेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद गिरीद्वारा एनआरएन नागरिकता कार्यान्वयन गर्न माग
-
करणको दोस्ताना–२ बाट निकालिए कार्तिक
-
जगदुल्लाह हाइड्रोपावर ठेक्काबारे छानबिन गर्नुपर्छ : माओवादी
-
ब्राजिलमा पहिलो पटक व्यक्तिलाई लैंगिक रुपमा तटस्थ घोषित
-
भारत–पाकिस्तान तनाव : अमृतसर विमानस्थल बन्द, विद्यालयहरू पनि बन्द
-
अमेरिकाले अहिलेसम्म पठाएन पत्र, के होला एमसीसी परियोजना ?