मुस्लिम समुदायको हक अधिकार सुनिश्चित गर्न पूर्ण साथ रहन्छ : विनोद चौधरी
नेपाली कांग्रेसका नेता विनोद चौधरीले नेपालको राष्ट्रिय राजनीतिमा मुस्लिम समुदाय निर्णायक र महत्वपूर्ण भूमिकामा रहेको बताएका छन् । नेपाल मुस्लिम संघद्वारा नवलपरासीको जिमिरेभारमा आयोजित मुस्लिम अगुवा भेलालाई सम्बोधन गर्दै नेता चौधरीले यस्तो बताएका हुन् ।
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार समेत रहेका कांग्रेसका केन्द्रीय सदस्य चौधरीले मुस्लिम समुदाय नेपालको राष्ट्रिय राजनीतिमा निर्णायक र महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने समुदाय रहेको जिकिर गरे ।
नेता चौधरीले मुस्लिम समुदायको हक अधिकार सुनिश्चित गर्ने अभियानमा आफ्नो र आफ्नो पार्टीको पूर्ण साथ रहेको विश्वास व्यक्त गरे । निर्वाचन केन्द्रीत विषयवस्तुहरुलाई प्रकाश पार्दै नेता चौधरीले यस क्षेत्रको बाढी तथा डुवानको समस्या, उखु किसानको समस्या र उत्पादित केराको बजारीकरणबारे देखिएका समस्या समाधान गर्न समेत आफ्नो मुख्य प्राथमिकता रहने बताए ।
जनताको आय स्तर वृद्धि हुनुपर्नेमा जोड दिँदै चौधरीले समग्र रुपमा मुस्लिम समुदायको शैक्षिक स्तर वृद्धि, विश्वविद्यालय स्थापना , लगायतका विषयमा सरकारले प्राथमिकता दिनुपर्नेमा जोड लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण