शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो

शुक्रबार, १८ कात्तिक २०७९, १३ : ५९
शुक्रबार, १८ कात्तिक २०७९

हरिबोधिनी एकादशी तथा तुलसी विवाहका अवसरमा भक्तपुरको चाँगुनारायण मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ ।  उक्त मन्दिरमा प्रत्येक वर्ष आज कार्तिक शुक्ल एकादशीको दिन मेला लाग्ने गरेकामा  बिहानै नुहाइ धुवाइ गरी चोखो भएर घरको मूलढोकामा कपुर पानीसमेत छर्केर चाँगुनारायण दर्शनका लागि जाने परम्परा छ ।

उक्त मन्दिरमा  दर्शनपछि घर–घरमा लगाइएको तुलसी नारायणको विधिवत् रुपमा पूजा गरिन्छ । पूजामा तुलसी नारायणलाई सयपत्री फूलको माला लगाई सखरखण्ड, पिँडालु र खीरको भोजन चढाइन्छ । ​ 

त्यसैगरी आजै भक्तपुर नगरपालिकास्थित तिलमाधव नारायण, वाखुपति नारायण, सूर्यविनायकको लिखा नारायण, चाँगुनारायण नगपालिकाको भुइँजसी नारायणलगायत मन्दिरमा पनि दर्शनार्थीको भिड लागेको छ । हरिबोधिनी एकादशीका अवसरमा आज चाँगुनारायण नगरपालिकामा सार्वजनिक विदा दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप