‘म मेची बगरको मान्छेले लिम्पियाधुरा र लिपुलेक देखेँ, तर शेरबहादुर देख्नुहुन्न !’
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मेची बगरको मान्छे भएपनि महाकालीको लिम्पियाधुरा, लिपुलेक र कालापानी देखेको तर प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराकै भएर पनि लिम्पियाधुरा र लिपुलेक नदेखेको टिप्पणी गरेका छन् । शुक्रबार बैतडीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई विकासको बाटोमा अगाडि बढाउने दाबी गरे ।
उनले भने, ‘झुलाघाटमा पक्की पुल बनाउने जिम्मा एमालेले लिन्छ । म लिन्छु । यो पोल मात्रै होइन, गोकुलेको विद्यालयलगायतका विकासका काम अघि बढाउनुपर्छ भन्ने मलाई थाहा छ । महाकाली करिडोरमा पक्की बाटो जान्छ ।’ ‘म मेची किनारको मान्छेले लिम्पियाधुरा, लिपुलेक र कालापानी देखेँ, तर शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री हुँदा देख्नुभएन । म झुलाघाटको पुल देख्छु । शेरबहादुर देउवा देख्नुहुन्न’, ओलीको भनाइ छ ।
उनले यसअघि आफू भारतमा जाँदा दार्चुलाका तत्कालीन सांसद गणेश ठगुन्नालाई सँगै भारत लगेर त्यहाँका गभर्नर लगायतका अधिकारीसँग राखेर स्थानीय तवरमा वार्ता गर्नु सुझाएको भन्दै आफूले उत्तराखण्डमा पुल बनाउन दिल्लीलाई सहमत गराएको पनि बताए । अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले विकासका काम गर्दागर्दै पार्टीभित्र मधुकैटभहरु जन्मिएकाले काम गर्न नदिएको बताए ।
‘त्यसबेला सरकारलाई काम गर्न नदिन मधुकैटभ उफ्रिएका थिए । अव मधुकैटभ बाहिर गए’, उनले प्रश्न गरे,‘डडेलधुरामा मेडिकले कलेज १ कहाँबाट मेडिकल कलेज, बेला भएको छ ?’ उनले पहिला गेटामा मेडिकल कलेज चलाएपछि मात्रै सम्भव भयो भने भोलि विचार गर्नुपर्ने बताए । उनले गेटा मेडिकल कलेज सुचारु गर्ने भन्दै सुदूरपश्चिमका क्याम्पसहरूलाई सामुदायिकमा लगेर खर्च बेहोर्ने काम आफूले सुरु गरेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण