युरोपेली युनियनको डेलिगेजनकी कार्यवाहक प्रमुख र वीरेन्द्रनगरका मेयरबीच भेटवार्ता
नेपालस्थित युरोपेली युनियन (इयू) को डेलिगेजनकी कार्यवाहक प्रमुख जोएले हिभोनेट र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालबीच भेटवार्ता भएको छ ।
भेटवार्तामा हिभोनेटले नगरप्रमुख ढकालसंँगको भेटवार्तामा कर्णाली प्रदेशमा सञ्चालन गरेका परियोजना, भावी योजना, महिला सशक्तीकरण र समावेशीकरण लगायतका विषयमा कुराकानी छलफल गरेकी छन् ।
हिभोनेटले कर्णाली प्रदेशमा महिला फुटबललाई प्रोत्साहन गर्न, महिला खेलाडीको सहभागिता बढाउन इयूले लगानी गर्न गैरसरकारी संस्थामार्फत सहकार्यको सुरुवात भएको जानकारी गराएकी थिइन् ।
‘महिलालाई फुटबलको तालिम दिने, वृत्तिविकासका लागि लगानी बढाइनेछ,’ उनले भनिन,‘यसले महिलाको आत्मविश्वास बढाउनेछ, महिलालाई खेलकूदतर्फ आर्कषण बढाउने विश्वास लिएका छौं।’
भेटवार्तामा नगर प्रमुख ढकालले नगरपालिकाले महिला सशक्तीकरण र महिला स्वास्थ्य तथा सुरक्षाका क्षेत्रमा सञ्चालन गरेका क्रियाकलापबारे जानकारी गराएकी थिइन् ।
नगरपालिकाले महिलालाई सीपमुलक तालिम, स्वास्थ्य संस्थाबाट निःशुल्क सेनिटरी प्याड वितरण, निःशुल्क गर्भ जाँच, सुत्केरी सेवा लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको र यसले महिलाको स्वास्थ्य र आयआर्जनमा ठूलो टेवा पुगेको भण्डारीले बताइन् ।
हिभोनेटले नेपाल सरकारले सुरक्षालाई कारण देखाएर महिलालाई वैदेशिक रोजगारमा जान रोक लगाएको विषयमा पनि चासो व्यक्त गरिन् । नेपाल युरोपेली युनियन चलचित्र महोत्सव उद्‍घाटनका सिलसिलामा शनिबार सुर्खेत आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरिष्ठ नेता बनाउने विश्वप्रकाशको प्रस्ताव अस्वीकार गरेको पूर्णबहादुरको ब्रिफिङ
-
रास्वपाका यी हुन् २८ वटा विभाग (सूचीसहित)
-
ट्रम्पको पोस्टरमा ढुंगा हान्दै निस्कियो खामेनीको अन्त्येष्टिमा विशाल शवयात्रा
-
श्रीलंकाको जेलमा झडप, कम्तीमा २० जनाको मृत्यु
-
इंग्ल्यान्डका प्रशिक्षकले भनेः गतिला भएनन् विश्वकपका रेफ्री
-
अपमानित गरेको भिडिओ सार्वजनिक भएपछि बालिकाद्वारा आत्महत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण