मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनतालाई झुटा आश्वासन दिन्नँ : खाण

आइतबार, २० कात्तिक २०७९, १८ : १९
आइतबार, २० कात्तिक २०७९

रुपन्देही क्षेत्र नं. ३ का पाँच दलीय गठबन्धनका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाणले आफूले जनतालाई भ्रममा पार्ने कुनै काम नगर्ने र झुटा आश्वासन पनि नदिने बताएका छन् । उनले केही राजनीतिक दल र उनीहरुका उम्मेदवारले गर्दै नगरेका र गर्न नसकिने काम पनि हामीले गरेको हो र गर्छौं भन्ने जस्ता झुटा आवश्वासन बाँडेको जनाउँदै जनतालाई भ्रममा पार्ने काम राजनीतिक नेतृत्वले गर्न नहुने बताए ।

खाणले आइतबार बुटवल उपमहानगरपालिका–१५ मा आयोजित कार्यक्रममा बोल्दै निर्वाचन जित्नका लागि जनतालाई भ्रममा पार्ने नेताहरु सफल नहुने र त्यस्ता उम्मेदवारलाई जनताले समयमै चिन्नुपर्ने बताए । ‘पाँच दलीय गठबन्धन र यसका उम्मेदवारहरुले जे गर्छन्, त्यही बोल्छन्, जे बोल्छन्, त्यो गर्छन्’, उनले भने, ‘यहाँ त केही उम्मेदवारहरुले जनतालाई दिग्भ्रमित पार्ने गरी भुट्टा आश्वासन बाँडिरहेका छन्, उम्मेदवार बन्दैमा यसरी ढाट्दै हिंड्नेले भोलि जिते भने क्षेत्र, रुपन्देही र मुलुकको विकास कसरी गर्न सक्छन् ? त्यसैले सबै मतदाताले उनीहरुलाई पहिचान गर्नुपर्छ ।’

गृहमन्त्री खाणले गौतमबुद्ध विमानस्थल हामीले बनाएको, विशेष आर्थिक क्षेत्र (सेज), बेलहिया–बुटवल व्यापारिक मार्ग, तिनाउ, दानव नदीमा बनेका पुलहरु हामीले निर्माण गरेको हो भन्ने जस्ता महत्वपूर्ण योजनाहरु देखाएर जस लिने कोसिस गरेको भन्दै यथार्थ बुझ्न आम मतदातासँग उनले आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप