बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहसँग भएको दुई दिनअघिको छलफल सकारात्मक र परिणाममुखी भएको बताएका छन् ।
- लामिछानेका अनुसार उक्त छलफलमा काठमाडौँको सुकुमबासी समस्याको मानवीय र प्रभावकारी समाधान तथा देशको वर्तमान राजनीतिक परिस्थिति र आगामी कार्यदिशाबारे गम्भीर संवाद भएको थियो ।
- उनले 'नो पार्किङ' क्षेत्रमा गाडी पार्किङ गरी चिट काटेको र मन्त्रीको गाडीमा 'कालो सिसा' प्रयोग गरेको विषयमा आफ्नो पार्टी विधिको शासन, पारदर्शिता र जवाफदेहितामा अडिग रहेको स्पष्ट पारे ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहसँग दुई दिनअघि भएको छलफलबारे सञ्चारकर्मीलाई जानकारी गराएका छन् । उनले छलफल सकारात्मक र परिणाममुखी भएको प्रतिक्रिया दिए।
मङ्गलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले समसामयिक राजनीतिक मुद्दा र सुकुमबासी समस्याको दीर्घकालीन समाधानका विषयमा केन्द्रित रहेर बालेनसँग छलफल भएको जानकारी दिए ।
करिब चार घण्टासम्म चलेको उक्त बैठकमा विशेषगरी काठमाडौँको सुकुमबासी समस्यालाई कसरी मानवीय र प्रभावकारी ढङ्गले समाधान गर्ने भन्नेबारे गम्भीर संवाद भएको लामिछानेले बताए । उनले भने, 'आम नागरिकले दुख पाउनु भएन, व्यवस्थापनका पाटोलाई लिएर हामीले बढी चिन्ता व्यक्त गर्यौँ र त्यसका लागि आवश्यक कदम चाल्ने सहमति भएको छ ।' उनले देशको वर्तमान राजनीतिक परिस्थिति र आगामी कार्यदिशाका बारेमा पनि शीर्ष नेताहरूबिच सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको उल्लेख गरे ।
सञ्चारकर्मीहरूले सोधेको 'नो पार्किङ' क्षेत्रमा गाडी पार्किङ गरी ५०० को चिट काटेर छाडिएको विषयमा टिप्पणी गर्दै लामिछानेले आफ्नो पार्टी विधिको शासनमा अडिग रहेको स्पष्ट पारे । यस विषयमा सरकार र रास्वपा नै मुछिएको भन्दै सञ्चारकर्मीले प्रश्न गरेका थिए ।
जवाफमा उनले, 'यो गलत कुरा हो, छानबिन हुनुपर्छ र कारबाही हुनुपर्छ भनेर हामीले नै भनेका हौँ । रास्वपा त्यो पार्टी हो जसले आफ्ना सांसदलाई ७२ घण्टाभित्र कारबाही गरेको इतिहास छ, त्यसैले जोसुकै संलग्न भए पनि कानुन सबैलाई बराबर लाग्छ ।'
यस्तै, मन्त्रीको गाडीमा प्रयोग गरिएको 'कालो सिसा'का बारेमा उठेको प्रश्नमा उनले ट्राफिक प्रहरीले नियम अनुसार कारबाही गर्ने र सम्बन्धित मन्त्रीले नै त्यस्तो हटाउनुपर्ने बताए । लामिछानेले सञ्चारकर्मीहरूसँगको कुराकानीमा आफ्नो पार्टीले सधैँ पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिने दाबी गरे।
उनले बालेन शाहसँगको समन्वयमा नै रोकिएका धेरै कामहरूले गति लिने समेत बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण