लगातारको वर्षाले चितवनका विभिन्न क्षेत्र डुबानमा
मङ्गलबार, ३० असार २०८३, १३ : २३
सारांश
- लगातारको वर्षाका कारण चितवनका विभिन्न स्थान डुबानमा परेका छन्।
- नारायणी आसपासको क्षेत्रमा सबैभन्दा बढी वर्षा भएको छ र नारायणी नदीको जलसतह बढेको छ।
- मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो गए पनि सवारी आवागमन सुचारु भएको छ, तर जोखिम कायमै छ।
चितवन । लगातारको वर्षाका कारण चितवनको विभिन्न स्थान डुबानमा परेको छ। वर्षाले चितवनका केही स्थानमा सडक जलमग्न भएको छ भने घरहरू समेत डुबानमा परेका छन्।
जल तथा मौसम विज्ञान विभाग, जलवायु विज्ञान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा चितवनको नारायणी आसपासको क्षेत्रमा मापन गरिएको छ। वर्षाका कारण चितवनको भरतपुर आसपासका क्षेत्रहरू डुबानमा परेका हुन्। अत्यधिक वर्षाका कारण नारायणी नदीको जलसतह समेत बढेको छ।
त्यस्तै, वर्षाका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्डको पहिरो हटाएपछि सवारी आवागमन दुईतर्फी रूपमा सञ्चालनमा आएको छ। तर, सडकको माथिबाट अझै पनि ढुङ्गाहरू झरिरहेकाले जोखिम कायमै रहेको चितवन प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण