सुदूरपश्चिम विश्वविद्यालय मातहतको अनियमितता छानबिन गर्न समिति गठन
सारांश
- सुदूरपश्चिम विश्वविद्यालयले विश्वविद्यालय मातहतका अनियमितता छानबिन गर्न विभिन्न समिति गठन गरेको छ ।
- अध्ययन बिदा दुरुपयोग, जग्गा हिनामिना र छात्रवृत्ति सम्बन्धी छानबिन गर्नका लागि विभिन्न समिति गठन गरिएको छ ।
- नवनियुक्त उपकुलपति प्रा.डा. किसनदत्त भट्टले पदवहाली गरेपछि यी निर्णयहरू गरिएको बताइएको छ ।
काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयले विश्वविद्यालय मातहतका अनियमितता छानबिन गर्न विभिन्न समिति गठन गरेको छ ।
विश्वविद्यालयको कार्यकारी परिषद्को असार २४ गते बसेको बैठकले अध्ययन बिदा दुरुपयोग सम्बन्धी, विश्वविद्यालयको जग्गा हिनामिना र छात्रवृत्ति सम्बन्धी छानबिन समिति गठन गरिएको हो ।
जसअन्तर्गत अध्ययन बिदाबारे छानबिन गरी प्रतिवेदन पेस गर्न प्रा. डा. राजेन्द्र प्रसाद भट्टको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ । त्यस्तै विश्वविद्यालय र आंगिक क्याम्पसहरूको नाममा रहेको–चलन भोगमा रहेको जग्गाहरूको अध्ययन, अनुसन्धान र छानबिन गर्न प्रा. यज्ञराज पाठकको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।
सोही दिनको बैठकको निर्णयअनुसार विश्वविद्यालयका आंगिक क्याम्पसहरूले प्रदान गर्ने १० प्रतिशत छात्रवृत्तिलाई पारदर्शी बनाएर व्यवस्थापन गर्न व्यवस्थापन संकायका डीन केशवराज भट्टको संयोजकत्वमा कार्यविधि निर्माण समिति गठन गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयका मानविकी तथा सामाजिकशास्त्र केन्द्रीय विभाग, शिक्षाशास्त्र केन्द्रीय विभाग, सामान्य विज्ञान केन्द्रीय विभाग, कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभाग र कानुन केन्द्रीय विभागका शैक्षिक एवम् प्रशासनिक भवनहरूको विद्युतीय बोलपत्र आह्वान गर्ने कार्य सम्पन्न गरिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको नवनियुक्त उपकुलपतिमा प्रा.डा. किसनदत्त भट्टले पदवहाली गरेपछि ती निर्णयहरू गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कंगोमा रहेका अमेरिकी नागरिकको स्वदेश फिर्तीमा अमेरिकाले लगायो रोक
-
एल निनोको उच्च जोखिम : एसिया र अफ्रिकामा बाढी, रोग र खाद्य सङ्कटको सम्भावना
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण