निर्वाचनसम्बन्धीको जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न प्रधानसेनापतिको निर्देशन
प्रधानसेनापति प्रभुराम शर्माले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त निर्वाचन सुरक्षासम्बन्धी जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिएका छन् ।
रुपन्देहीको मध्यपश्चिम पृतना हेडक्वाटरर कैलाली जिल्लाको तेघरीस्थित सुदूर पश्चिम पृतना हेडक्वाटर तथा दाङ्गको रणसिंहदल गणको आज निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति शर्माले उक्त निर्देशन दिए । प्रधानसेनापति शर्माले निरीक्षण भ्रमणका दौरान ती पृतनाको वर्तमान अवस्था, जिम्मेवारी इलाका, प्रदेशहरूसँगको समन्वयलगायत आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको एकीकृत सुरक्षा योजनाका साथै गणको वस्तुस्थितिका बारेमा समेत जानकारी लिए ।
उनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ को सुरक्षार्थ कपिलवस्तु जिल्लास्थित चन्दौटा इलाकामा नेपाली सेनाद्वारा स्थापना गरेको कम्पनी अपरेटिङ बेसको पनि निरीक्षण भ्रमण गरी आवश्यक निर्देशन दिएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण