गाली गर्ने साहित्य कहाँ पढेर आउनुभएको हो नेताज्यू ? : थपलिया
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउन खोजिएको बताएका छन् । झापामा आयोजित एक कार्यक्रममा बोल्दै थपलियाले मिथ्या सूचना, द्वेष र घृणात्मक अभिव्यक्ति नदिन आग्रह गरेका हुन् ।
‘हामीले सामाजिक सञ्जालको व्यवस्थित प्रयोग होस् भन्ने चाहेका छौ । आयोगले गर्न सक्छ कि सक्दैन । तपाईंहरूको प्रयास भएमा सकिन्छ । मैले राजनीतिक दलका नेताहरूलाई भन्या छु । के म गतिलो छु भन्नको निम्ति १५ मिनेट आफू गतिलो छु भन्नको निम्ति अरूलाई १३ मिनेट गाली गर्ने साहित्य कहाँ पढेर आउनु भएको हो ? नेता ज्यू भनेर मैले सोधेको छु । तपाईंहरूले सोधिदिँदा हुन्छ ।’ निर्वाचनमा आफ्नो एजेन्डा, विचार, धारणा सबै लग्न पाए पनि अरूलाई गाली गलौज गर्ने, अरूलाई नराम्रो भन्ने र चरित्र हत्या गर्न नपाइने थपलियाले बताए ।
‘निर्वाचन सबै थोक भन्न पाइन्छ । तर, भन्दा सभ्य भाषामा भनौँ । भन्दा कसैको चरित्र हत्या नहुने गरी भनौँ, भन्दा गाली गलौजको शैली नरोजिइदिनुस्’ थपलियाले भने, ‘यसो भन्नु लोकतन्त्रलाई खण्डितै पार्न खोजेको आरोपित हुनुपर्छ भने जति आरोप लगाए पनि सहनुपर्छ । मिथ्या सूचना र दुष्प्रचार द्वेष अभिव्यक्ति र घृणात्मक अभिव्यक्ति दिएर दूषित पार्ने प्रयास नगरौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण