मस्को जाँदै भारतीय विदेशमन्त्री एस जयशंकर
दुई दिने द्विपक्षीय भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस जयशंकर रुस प्रस्थान गरेका छन् । भ्रमणका क्रममा विदेशमन्त्री जय शंकरले रुसी समकक्षीलगायतका नेतासँग भेटवार्ता गर्न भएका छन् । “परराष्ट्र मन्त्रीले रुसका विदेशमन्त्री सर्गेई लाभरोभलाई भेट्ने छन्। छलफलमा द्विपक्षीय मुद्दाका साथै विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय घटनाक्रममा विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ’, विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने ।
विदेशमन्त्री जय शंकरले मंगलबार उपप्रधानमन्त्री, व्यापार तथा उद्योग मन्त्री डेनिस मान्तुरोभ र रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गर्ने कार्यक्रम छ । तर, उनले राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्ने वा नगर्ने भन्ने स्पष्ट भइसकेको छैन । बालीमा यही नोभेम्बर १५ देखि १६ सम्म हुने जी २० सम्मेलनको पूर्वसन्ध्यामा जय शंकर रुसको भ्रमण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण