गिरिजाप्रसाद स्मृति सभागृह निर्माण प्राथमिकतामा : नेता सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चन्द्रगढीस्थित अलपत्र गिरिजाप्रसाद स्मृति सभागृह (जीपी सभागृह)को निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार भद्रपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले जीपी स्मृति सभागृहको निर्माण आफ्नो चुनावी प्रतिबद्धताको पहिलो सूचीमा रहेको बताएका हुन् । झापा–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका सिटौलाले भने, “जीपी सभागृह निर्माण मेरो पहिलो प्राथमिकता हो ।” सात वर्षअघि झापा सदरमुकाम चन्द्रगढीको मध्यभागमा निर्माण थालिएको गिरिजाप्रसाद स्मृति सभागृह अहिले अलपत्र अवस्थामा छ । २०७२ असार २८ गते तीन जना पूर्वप्रधानमन्त्री सुशील कोइराला, केपी शर्मा ओली र पुष्पकमल दाहालले सभागृहको संयुक्त शिलान्यास गरेका थिए ।
दुई वर्षमा निर्माणकार्य सम्पन्न हुने भनिए तापनि अहिलेसम्म सभागृह अधुरै मात्र छैन, राज्यको पुनः संरचनापश्चात सो सभागृह स्थानीय, प्रदेश र सङ्घीयमध्ये कुनै पनि सरकारलाई हस्तान्तरण नगरिँदा यसको निर्माण कार्यमा अघि बढ्न सकेको छैन । सो सभागृह निर्माणका लागि रु १२ करोड ७२ लाखमा ठेक्कासमेत लगाइएको थियो ।
सो निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग सिटौँलाको चुनावी प्रतिस्पर्धा छ । सिटौँलालाई माओवादी र एकीकृत समाजवादीसहितको गठबन्धनको साथ छ भने लिङ्देनलाई एमालेको समर्थन छ । यसपाली सिटौँलाले लोकतन्त्र र गणतन्त्रप्रति प्रतिबद्ध जनमत आफूप्रति आकर्षित भएको जिकिर गर्दै चुनाव जित्ने दाबी गरेका छन् । राप्रपाका उम्मेदवार लिङ्देन नेकपा एमालेको समर्थनमा जित दोहो¥याउने कसरतमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण