सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

यस्तो छ विश्वको सबैभन्दा सानो टिभी सेट

सोमबार, २१ कात्तिक २०७९, १६ : ३०
सोमबार, २१ कात्तिक २०७९

निकै सानो विद्युतीय उपकरण बनाउन माहिर टाइनीसर्किट्स कम्पनीले विश्वको सबैभन्दा सानो टेलिभिजन सेट सार्वजनिक गरेको छ ।

आधुनिक टिभीको कुरा गर्दा यसमा ‘जति ठूलो त्यति राम्रो’ भन्ने अवधारणा रहेको हुन्छ । तर एउटा कम्पनीले ट्रेन्ड विपरित जाँदा पनि सफल हुन सकिन्छ है भनेर प्रमाणित गर्न खोजिरहेको जस्तो देखिनछ । ओपन सोर्स हार्डवेयर यो कम्पनीले विश्वको सबैभन्दा सानो टेलिभिजन सेट – द टाइनीटीभी टु र टाइजीटीभी मिनी बनाएको छ । पुरानो ढाँचाको जस्तो देखिने यो टिभी  कुनै स्ट्याम्पजस्तो देखिएता पनि यसले अन्य साधारण टिभीले झैँ काम गर्छ । यसमा च्यानल फेर्न सकिन्छ, आवाज ठूलो–सानो पार्न सकिन्छ, रिमोट कन्ट्रोलको नियन्त्रण, ८ जीबी स्टोरेज र भिडियो अपलोड गर्नका लागि कम्प्युटरसँग जोड्न सकिनेछ ।

अडिटी सेन्ट्रलका अनुसार टाइनीटीभी टुको १.० इन्च (२६ एमएम) डिस्प्ले छ भने यो अगाडि फर्किएको ०.६ ×०.४ इन्चको स्पिकरमाथि बसेको छ । योभन्दा पनि सानो टाइनीटीभी मिनीको ०.६ इन्च (१५ एमएम) स्क्रिन छ । टाइनीटीभी टुमा आइपीएस टीएफटी डिस्प्ले छ भने टाइनीटीभी मिनीमा ब्राइट ओलेड डिस्प्ले छ । यी दुबैको ८ जीबी इन्टरनल स्टोरेज छ । यसमा पहिले नै धेरै भिडियो अपलोड गरिएका हुन्छन् तथापि नयाँ भिडियो अपलोड गर्नका लागि कम्प्युटरमा कनेक्ट पनि गर्न सकिन्छ ।

यी दुई साना टिभी सेटहरु हाल किकस्टार्टर क्राउडफन्डिङ अभियानको आकर्षकणको केन्द्रमा रहेको छ । उक्त अभियान १५ हजार डलर संकलन गर्ने उद्देश्यसहित सुरु गरिएको थियो तर १० दिनभित्रै यो अभियानले १६५,५०० डलर संकलन गरेको छ । यो अभियानलाई समर्थन गर्नेहरुले टाइनीटीभी टु र टाइनीटीभी मिनीलाई ४९ डलरमा किन्न सक्छन् । यस्तै, क्लियर केस भर्सनसहित चाहिएको छ भने ५९ डलर मूल्य पर्छ । उनीहरुलाई इन्फ्रारेड रिमोट चाहिएको छ भने अतिरिक्त १० डलर खर्च गर्नुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप