आँखा जाँच शिविरमा ६२ जनाको मोतिविन्दुको शल्यक्रिया
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा आयोजना गरिएको तीन दिने निःशुल्क आँखा जाँच शिविरमा ६२ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको छ । शनिबारदेखि सोमबारसम्म सञ्चालन गरिएको निःशुल्क आँखा शल्यचिकित्सा शिविरमा कुल ७६५ जनाले आँखा जाँच गराएकामा एक बच्चासहित ७२ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो ।
पहिलो चरणको कोभिड–१९ को महामारीअघि सञ्चालन गरिएको घरदैलो अभियान, वर्षदिनको अवधिमा दैनिक ओपिडि सेवा, बिश्व दृष्टि दिवसको अवसरमा गत असोजमा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा आयोजना गरिएको आँखा उपचार शिविर, केही समयअघि हलेसीमा आयोजना गरिएको ज्येष्ठ नागरिक आँखा जाँच तथा चस्मा वितरण शिविर तथा शिबिरमा आएकामध्ये मोतिबिन्दु भएका बिरामीको पनि शल्यक्रिया गरिएको हो ।
सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा १३ जनाको शल्यक्रिया गरेर आँखामा पलाएको मासु हटाइएको छ । आँखा तथा कान उपचार केन्द्र हलेसीमा आयोजना गरिएको शिविरमा आँखा जाँच गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको छ । आवश्यक पर्ने बिरामीलाई सुपथ मूल्यमा चस्मा वितरण गरिएको छ । आँखा सम्वन्धी समस्याबाट ग्रसित बिरामीलाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योती संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा तथा कान उपचार केन्द्र, सहयोग समितिले संयुक्त रुपमा निःशुल्क आँखा जाँच शिबिर आयोजना गरेको हो । आँखाको गुमेको ज्योती पुनः फर्कदा वृद्धवृद्धा हर्षित भएका छन् ।
मोतिविन्दु भएका, आँखामा मासु पलाएका, मासुको डल्लो पलाएको, परेलाभित्र पसेको लगायतका समस्या झेलिरहेका सर्वसाधारणलाई लक्षित गर्दै निःशुल्क आँखा जाँच शिबिर आयोजना गरिएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले बताए ।
निःशुल्क आँखा जाँच शिविरका लागि सगरमाथा चौधरी आँखा अस्पताल लाहानबाट १४ जना शल्यक्रिया टोली हलेसी आएका थिए । आँखाको उपचारका लागि छिमेकी जिल्ला ओखलढुंगा, उदयपुर र सोलुखुम्बुबाट समेत बिरामी हलेसी पुगेकाको नेपाल नेत्र ज्योती संघले जनाएको छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण