५० लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै प्रभु बैँक
मङ्गलबार, २२ कात्तिक २०७९, १२ : ४४
प्रभु बैँकका संस्थापक सेयरधनीले ५० लाख १६ हजार १९९ कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैँकका आठजना संस्थापक सेयरधनीले सेयर बिक्री गर्न लागेका हुन् ।
यसमा २२ कात्तिकदेखि ३५ दिनभित्र आवेदन दिन सकिने बैँकले जानकारी गराएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् । बैँकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १८० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले १८० रूपैयाँलाई आधार मानेर सोभन्दा बढी मूल्य कवोल गरी आवेदन पेस गर्नुपर्नेछ ।
सेयर खरिद गर्न इच्छुकले २२ कात्तिकबाट प्रभु बैँकको प्रधान कार्यालय बबरमहल काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण