सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

विवाह अघि पाँचैजना पूर्व प्रेमीलाई भेट्न गइन् महिला, बताइन् यस्तो कारण

मङ्गलबार, २२ कात्तिक २०७९, १३ : २२
मङ्गलबार, २२ कात्तिक २०७९

एक महिलाले आफ्नो विवाहलाई सफल बनाउन एउटा निकै अचम्मको परीक्षण गरेकी छिन् । आफ्नो वैवाहिक सम्बन्ध कहिल्यै नटुटोस् भनेर उनले आफ्ना सबै पूर्व प्रेमीलाई भेटेर आफ्ना कमी कमजोरीबारे पत्ता लगाउने प्रयत्न गरिन् । ती महिलाका पाँच पूर्व प्रेमी थिए, उनले ती सबैलाई भेटिन् । अब उनले ४२ वर्षका एक संगीतकर्मीसँग विवाह गर्ने योजना बनाएकी छिन् ।

३३ वर्षकी एमी अब पुरानो गल्ती दोहोराउन चाहन्नन् । त्यसैले विवाह अघि उनले आफ्ना ५ पूर्व प्रेमीको खोजी गरिन् । पूर्व प्रेमीलाई आफ्ना गल्तीबारे सोध्दा उनको विवाह सफल हुने सम्भावना बढ्छ होला भन्ने उनलाई लाग्यो । एमीले एक एक गरी आफ्ना पूर्व प्रेमीहरुलाई भेटिन् र उनीहरुबाट धेरै कुरा थाहा पाएको पनि बताइन् ।​

ध्यान खिच्ने तिम्रो बानीले कतै पुर्‌याउँदैन

द सनसँगको कुराकानीमा एमीले भनिन्, ‘सबैभन्दा पहिला मैले बेससँग सम्पर्क गरेँ । १६ वर्षको उमेरमा मैले उनीसँग पहिलो पटक सम्बन्ध स्थापित गरेको थिएँ । मैले उनलाई मेरै कारणले ब्रेकअप भएको हो त भन्ने सोधेँ । कुराकानीपछि स्पष्ट भयो कि मेरै कारणले ब्रेकअप भएको थियो ।’

एमीले आफ्नोा पहिलो प्रेम सम्बन्धबारे कुरा गर्दै भनिन्, ‘८ महिनाको सम्बन्धका बेला मलाई कहिले विश्वास भएन कि उनले मलाई प्रेम गर्छन् । त्यसपछि मैले उनलाई इन्टरेस्टेड राख्नका लागि वाहियात स्टन्ट गरेँ । यसैकारण हाम्रो ब्रेकअप भयो ।’

अझै राम्रोको लोभ

ब्रेनपछि एमीको जीवनमा स्याम आए । युनिभर्सिटीको पढाईका बेला यी दुई सम्बन्धमा रहे । तर दुई वर्षपछि एमीले स्यामसँग सम्बन्धविच्छेद गरिन् । उनले भनिन्, ‘म केही नयाँ अनुभव गर्न चाहन्थे । तर त्यतिबेला मैले रत्तिभर पनि सोचिनँ कि वास्तवमा त्यो सम्बन्ध कत्ति राम्रो थियो । ’

तर अहिले मैले के अनुभव गरेकी छु भने आफूसँग जे कुरा छ त्यसबाट बिमुख भएर आफूसँग नभएको कुरा खोज्नु सबैभन्दा ठूलो गल्ती रहेछ ।

हिम्मत चाहिन्छ

एमीले थपिन्, ‘स्यामसँग ब्रेकअप भएपछि एक नयाँ व्यक्तिसँग म सम्बन्धमा आएँ । म योजनाबिना नै गर्भवती भएँ सन् २०१४ मा । मेरो छोराका पिता यसमा संलग्न हुन चाहँदैनथे त्यसैले मैले एकल आमाको रुपमा जीवन बिताउन सुरु गरेँ ।

‘कुरा बिग्रनु अघि हामीले दुई महिना डेट गर्यौँ ।’

सङ्गीतमा संघर्ष गरिरहेका उनी त्यसपछि एक्स फ्याक्टर फाइनलिस्टमा गए । त्यसपछि उनी अन्य ठूला रियालिटी शोमा देखिए । उनी हेर्दा हेर्दै देशकै गहना भए ।

तर अहिले म उनको स्मरणमा धुमिल भइसकेँ ।

मैले भेट्छु भनेर मेसेज पठाउँदा उनले जवाफ फर्काए, ‘६ वर्ष अघिको कुरा, मैले त धेरै कुरा बिर्सिसकेँ ।’

यो पढ्दा चित्त पनि दुख्यो ।

आर्थिक किचलो

एमीले थपिन्, ‘सन् २०१७ मा एक वर्षसम्म मैले डेभिड नामका व्यक्तिसँग डेट गरेँ । मलाई लागिरहेको थियो कि म ती व्यक्तिसँग लामो समयसम्म सम्बन्धमा रहन सक्छु । ’

उनलाई भेट्दा उनले हामीहरु सम्बन्धबारे मलाई भने, ‘तिमी फिट थियौ, कुल थियौ, रमाइलो गर्नुपर्ने थियौ, आत्मविश्वासी थियौ र विलक्षण प्रतिभाकी धनी पनि थियौ, त्यो मलाई असाध्यै मन परेको थियो ।’

केही बेर कुरा गरेपछि उनले अब आफू विगतमा फर्कन नचाहेको बताए ।

उनले थपे, ‘ब्रेकअपपछि मलाई असाध्यै गाह्रो भयो । मलाई तिम्रो साह्रै नै चिन्ता हुन्थ्यो र हामीबीचको सम्बन्ध जसरी तोडियो त्यसका लागि अहिले पनि दुःखी छु ।’

‘मैले उनीसँग पैसाका लागि ब्रेकअप गरेकी थिएँ । हामी कतै सँगै घुम्न गएका थियौँ, त्यतिबेला उनले मसँग खर्च गर्नका लागि पैसा मागेका थिए ।’

‘यत्ति पनि गर्न नसक्ने भनेर मलाई चित्त बुझिरहेको थिएन । त्यसपछि विवाद सुरु भयो । अन्ततः हामी अलग्गियौँ ,’ उनले भनिन् ।

कसैका लागि परिवर्तन नहुनुहोस्

‘जब मेरो छोरो अलि हुर्कियो, म एक स्थानीय बारम्यानसँगको सम्बन्धमा रहेँ । ’

‘उनको काम नै त्यस्तै थियो कि उनी डुलिरहनु पर्दथ्यो । हामी टाढा हुँदा पनि एक–अर्कासँग कुरा गर्ने गर्दथ्यौँ । तर पछि उनीसँग पनि कुरा बिग्रियो ।’

म उनीसँग फोनमा कुराकानी गरिरहन्थे र मलाई के कुरामा विश्वास थियो भने यदि उनी एक ठाउँमै लामो समयसम्म बस्ने भएको भए हामी सधैँका लागि सँगै हुनेथ्यौँ ।

पाँच वर्षपछि, उनलाई पहिलो पटक भेटेको बारमा पुनः भेट्ने योजना बनायौँ । मैले उनलाई आफूहरुको ब्रेकअप हुनुको आफ्नो सिद्धान्तबारे बताएँ । उनले आफ्नो नजर झुकाए ।

‘मलाई माफ गर एमी, तर म त्यतिबेला कतै बाहिर गएको हुँदैनथेँ, त्यो त एक रमाइलो मात्रै थियो,’ उनले थपे, ‘इमान्दारितापूर्वक भन्ने हो भने तिमी एक आमा हौ भनेर मैले कहिल्यै स्वीकार गर्न सकिनँ ।’

यो मेरा लागि नौलो कुरा थियो । क्रिसले कहिल्यै उनलाई म आमा भएकोमा आपत्ति छ भनेर सुइँको दिएका थिएनन् ।

म कति मुर्ख रहेछु भन्ने महसुस भयो । उनीबाट टाढा जान मनलाग्यो, त्यो बारमा बस्नै मनलागेन, त्यो अनुभवलाई जरैदेखि मेट्न मन लाग्यो ।

गल्तीबाट पाठ

परीक्षण सकिएको थियो । मैले मेरा फियान्सेलाई क्रिसले भनेको कुरा भनेँ र उनलाई पनि त्यस्तै महसुस हुन्छ त भनेर सोधेँ ।

उनको जवाफले मलाई राहत दिलायो । उनले भने, ‘तिमीलाई भेट्नु अघिदेखि नै म बच्चा नजन्माउने योजनामा थिएँ । मैले भ्यासेकटोमीसमेत गरिसकेको छु ।’

अब उनी मेरा सात वर्षका स्टार वारका लागि पागल छोरालाई निकै माया गर्छन् ।

मेरा विगतलाई केलाएर हेर्दा केही सत्यबारे जानकारी पाएँ र केही जानकारी पचाउन गाह्रो भइरहेको थियो – विशेषगरी मैले अरुलाई कसरी चोट पुर्याएँ भनेर सुन्नु ।

तर मैले के पनि महसुस गरेँ भने मैले विगतमा धेरै मुर्खहरुलाई मेरो समय दिएको रहेछु । मेरा अनुभवहरुले मलाई मेरो विवाहलाई थप बलियो बनाउन मौका दिन मद्दत गरेको छ ।

‘म अब सही व्यक्तिसँग छु जसले मेरो नाटक हेरेर पनि आफूलाई शान्त राख्न सक्छ । यस्तै हरेक परिस्थितिलाई सकारात्मक तरिकाले हेर्छ । मलाई थाहा छ, म निश्चित रुपमा विगतका गल्तीहरु दोहोराउने छैन । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप