चुनाव प्रचारमा हिँड्नुपर्ने उम्मेदवारको झण्डै एक महिनादेखि अस्पतालमा बास
उम्मेदवारी दर्ता गरेलगत्तै सिकिस्त बिरामी परेका प्रदेश १ सरकारका वन, वातावरण तथा भू–संरक्षणमन्त्री तथा मोरङ क्षेत्र नम्बर ३ (क)का प्रदेशसभाका उम्मेदवार शेखरचन्द्र थापा अझै तङ्ग्रिन सकेका छैनन् । हाल उनी विराटनगरस्थित नोबेल अस्पतालको न्यूरो डिलक्स क्याबिनको रुम नम्बर ११ मा उपचाररत छन् । उनको मुखमा अक्सिजन लगाइएको छ । अक्सिजन बिना उनी सास फेर्न नसक्ने अवस्थामा छन् ।
असोज २३ गते उम्मेदवारी दर्ता गराउँदा नै उनी बिरामी थिए । भोलिपल्ट असोज २४ गते उपचारका लागि नोबेल अस्पताल भर्ना भएका उनलाई त्यहाँ उपचार हुन नसकेपछि असोज २७ गते हेलिकप्टरबाट काठमाडौंस्थित ह्याम्स अस्पताल लगिएको थियो । उक्त अस्पतालमा १७ दिन आइसीयु र ५ दिन वार्डमा राखेर उपचार गरिएको थापाका सहयोगी ज्ञानु कट्वालले बताए ।
थापालाई क्याप्सिका निमोनिया भएको पुष्टि भएको छ । अहिले बेडरेस्टको लागि अस्पतालमै राख्नुपर्ने डाक्टरको सुझाव पछि उनलाई ह्याम्स अस्पतालबाट सोमबार नोबेल अस्पताल ल्याइएको हो । उनको निमोनिया भने पूर्ण रुपमा निको भएको कट्वालले बताए । ‘यहाँ भए साथीभाइलाई प्रत्यक्ष भेटघाट गर्न सहज हुन्छ भनेर उहाँकै जोडबलमा ल्याइएको हो,’ कट्वालले भने, ‘अहिले पनि नर्मल अक्सिजन दिइरहनु पर्छ । भेटघाटका लागि मानिसहरु आइरहेका छन् । निर्वाचनको चिन्ताकै कारणले काठमाडौं नबसेर यहाँ आउनु भएको हो । चुनावको विषयमा साथीभाइहरुलाई अपिल गर्नुभएको छ ।’
कट्वालका अनुसार ह्याम्स अस्पतालमा हुँदा थापाले निर्वाचनबारे एकदमै चिन्ता गरेकै कारण यहाँ ल्याइएको हो । कार्यकर्ता र साथीभाइसँग यहाँ भए प्रत्यक्ष भेटघाट हुने उनको जिकिर थियो । २०५७ सालदेखि लगातार ८ वर्षसम्म गिरिजाप्रसाद कोइरालाको पर्सनल असिस्टेन भएर काम गरेका थापा हाल प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री हुन् । उनलाई सो क्षेत्रमा सादगी र आदर्शवान नेताको रुपमा सर्वसाधरणले लिने गर्छन् । अरु उम्मेदवार चुनावी प्रचारमा व्यस्त हुँदा उनी भने झण्डै एक महिनादेखि अस्पतालमै दिन बिताउन बाध्यम बनेका छन् ।
२०७० सालको संविधानसभा निर्वाचनमा मोरङको सोही क्षेत्रबाट लडेका उनी तत्कालीन एमाले नेता चण्डी राईसँग पराजित भएका थिए । ०७४ सालमा काँग्रेसबाट उनी प्रदेशसभामा समानुपातिक कोटाबाट आएका हुन् ।
प्रत्यक्ष निर्वाचन लडेर चुनाव जित्ने उनको इच्छा थियो । सोही अनुसार यसपटक मोरङ ३ (क)बाट उम्मेदवारी दिएका थापालाई निमोनियाले ग्रसित बनाएको हो ।
यसअघि सो क्षेत्रबाट काँग्रेसकै सूयर्माराज राई विजयी भएका थिए । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थापालाई यसपटक एमालेका उम्मेदवार दिलीप राईले चुनौती दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण