निर्वाचनलाई सफल तुल्याउन ७२ घण्टा सीमा बन्द गरिने
आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई भयरहित, स्वतन्त्र एवं मर्यादित बनाउन मतदानको दिनभन्दा ७२ घण्टा अगाडिदेखि नेपाल–भारत सीमा बन्द गर्ने निर्णय गरेको छ । शान्ति सुरक्षाका विषय लिएर नेपाल र भारतबीच सीमा सुरक्षा बैठकले सो निर्णय गरेको हो ।
भारतको किसनगञ्जमा भएको बैठकमा मोरङका प्रमुख जिल्ला अधिकरी काशीराज दाहाल, झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालसहित दुवै जिल्लाका प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुख तथा भारतको तर्फबाट डिएम श्रीकान्त शास्त्रीसहित एसपी, एसडिएम, सीमाका एसएसवी प्रमुखको सहभागित रहेको थियो ।
बैठकमा लागुऔषध ओसारप्रसारमा नियन्त्रण गर्ने, दुवै देशले आपराधिक गतिविधिको सूचना आदानप्रदान गर्ने तथा संयुक्तरुपमा दुवै देशका सुरक्षा निकायले सीमा क्षेत्रमा गस्ती गर्ने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले बताए । उनले सो अवधिमा एम्बुलेन्स आवतजावत गर्न र विवाह भएमा संयुक्तरुपमा समझदारीमा पास दिने निर्णय पनि भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण