घाँस काट्न गएका पुरुष मृत फेला
मङ्गलबार, २२ कात्तिक २०७९, २१ : २०
सोलुखुम्बुमा घाँस काट्न गएका एक पुरुष मृत फेला परेका छन् । सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्नासाका ४० वर्षीय एकबहादुर कार्कीको शव मङ्गलबार सोलुखोलामा भेटिएको हो ।
कार्की यही कात्तिक १९ गते घरबाट घाँस काट्न निस्केका थिए । त्यसयता उनी बेपत्ता थिए । घर नफर्किएपछि स्थानीयवासी र प्रहरीले खोजी गर्दा उनी खोलामा मृत फेला परेको उनका दाजु धनबहादुर कार्कीले जानकारी दिए ।
कार्कीले बोकेको हँसिया र नाम्लो खोला किनारमा भेटिएको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाका वडाध्यक्ष टङ्कबहादुर कार्कीले बताए । घट्नाबारे छानविन भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामकिशोर साहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण