बदर मत घटाउन तेह्रथुममा नमुना मतदान
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बदर मत घटाउन तेह्रथुममा अभ्यासस्वरुप नमुना मतदान गरिएको छ । जिल्लाको छथर गाउँपालिकामा गरिएको नमुना मतदान छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले मतदान गरी सुरु भएको थियो । सोमबारदेखि सुरु गरिएको नमुना मतदान मंगलबार छथर र फेदाप गाउँपालिकामा सञ्चालन गरिएको जिल्ला निर्वाचन अधिकृत निराज शर्माले बताए ।
नमुना मतदानमा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, सेवाग्राहीसहितले नमुना मतदानमा भाग लिएका छन् । यस्तै, गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी र सेवाग्रहीले नमुना मतदानमा भाग लिएका छन् । नमुना मतदान कार्यक्रममा सहभागी हुने मतदाताले प्रदेश र प्रतिनिधिसभाको जस्तैं प्रत्यक्षलाई र समानुपातिक गरि चार पटक मतदान गर्नुपर्ने शर्माले नागरिकलाई जानकारी गराए । नमुना मतदान शिक्षाले विगतमा भएका मत बदरलाई न्युनिकरण हुने र आफुले रोजेको व्यक्तिलाई एक मतपत्रमा एक मात्रै मतदान गर्ने शिक्षा पाएको नमुना मतदानमा सहभागी कृष्णबहादुर ठकुरीले बताए ।
निर्वाचनको अन्तिम तयारीमा रहेको मुख्य निर्वाचन अधिकृत प्रमेश पोख्रेलले बताए । ‘आयोगबाट प्रतिधिनीसभा र प्रदेशसभा दुबै मतपत्र रुजु गरेर मतदान अधिकृतहरुलाई हस्तान्तरण गर्ने तयारी गरी सकेका छौँ । मतदान अधिकृत र सहायक सहयोगी कर्मकचारीहलाई मतदान अधिकृतहरुलाई तालिमको तयारी गरी रहेका छौँ । मतदान शिक्षालाई तिव्रता दिँदै नमुना मतदानलाई सबै पालिकाहरुमा सञ्चालन गरी रहेका छौँ । निर्वाचन सम्पन्न गराउन हामी तयारी अवश्थामा छौँ ।’ पोख्रेलले भने ।
दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा कुल ५६ मतदानस्थल छन भने ९३ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ७१ हजार ९ सय ३३ मतदाता छन् ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण