बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

२५ वर्षदेखि नगुडेको विकासको रेल अब एक्सप्रेस गतिमा गुड्छ : चौधरी

बुधबार, २३ कात्तिक २०७९, २० : ५६
बुधबार, २३ कात्तिक २०७९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार विनोद चौधरीले विकासको यात्रामा जोडिन सबैलाई आह्वान गरेका छन् । विगतमा यस क्षेत्रबाट चुनाव जितेर जाने नेतृत्वप्रति आक्रोस व्यक्त गर्दै चौधरीले भने– ‘२५ वर्षसम्म यो क्षेत्रलाई उपेक्षा गरियो अब जनताको भावनामाथि खेलवाड हुँदैन । उनले थपे– ‘२५ वर्षदेखि नगुडेको विकासको रेल अब एक्सप्रेस गतिमा गुड्छ आउनुहोस् सँगै यात्रा गरौं जो छुटे तिनीहरु सदाका लागि छुटे ।’ 

नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले आज प्रतापपुरमा गरेको आमसभालाई सम्बोधन गर्दै चौधरीले विकास ,शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था र यहाँको जीवनस्तर उस्ताको उस्तै रहनु दूर्भाग्यपूर्ण रहेको  बताए । आम जनताको भावनालाई भड्काइ ब्ल्याकमेल गरेर जनताको मतलाई सत्ताको भर्‍याङ बनाउने प्रवृत्ति धेरै नटिक्ने चौधरीको भनाई थियो ।

स्थानीय श्रोत, साधनको समुचित सदुपयोग गरेर अघि बढ्न सके परिवर्तन चाँडै नै सम्भव रहने बताउँदै उमेदवार चौधरीले जनताबाट अनुमोदित नभएको राजनीतिक यात्रा दिर्घकालीन नहुने उल्लेख गरे । अरुले जस्तो नकारात्मक टिप्पणी गरेर विरोध गर्ने आफूसँग फुर्सद नभएको र सकारात्मक सोच र उचित एजेन्डामा नै जीवन समर्पित भएको धारणा उनले व्यक्त गरे ।

‘म त विकास विरोधी होइन, विकासको विरोध गर्नलाई त त्रिपाठीजी नै हुनुहुन्छ’ उनले भने– ‘हामीले फाउन्डेसनमार्फत केरामा आधारित उद्योग खोल्न लागेका थियौं, यहाँकै युवाले नै रोजगारी पाउँथे त्यसलाई त्रिपाठीजीले रोक्ने प्रयत्न गर्नुभो ।’ विकास विरोधी को हो जनताले बुझ्न आवश्यक रहेको चौधरीको भनाई थियो । चौधरी फाउन्डेसनले सुस्ताको वडा नम्बर ३ मा केरामा आधारित उद्योग खोल्न दर्ता प्रक्रिया अघि बढिसकेपछि त्रिपाठीले आपत्ति जनाएका थिए ।

यसैगरी कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले राजनीति सँगै मुलुकको आर्थिक विकास जोडिने हुँदा यस क्षेत्रको सर्वाङगीण विकासका लागि विनोद चौधरीलाई जिताउनुपर्ने तर्क गरे । नागरिकताविहिनताको प्रसंगमा निधिले एमालेले विधेयक रोकेको बताउँदै गठबन्धन सरकार बनेपश्चात राष्ट्रपति परिवर्तन गरेरै भएपनि नागरिकता विधेयक पास गराउने दावी गरे । कार्यक्रममा कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्ल्ेख्य सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप