ओलीले दक्षिणपन्थी र देश विखण्डन गर्नेसँग साँठगाँठ गरेका छन् : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी र देश विखण्डन गर्ने शक्तिसँग साँठगाँठ गरेको आरोप लगाएका छन् । उनले यसअघि ओलीलाई कसैले पनि टक्कर दिन सक्दैन भन्ने गरेपनि आफूले टक्कर दिएर देखाएको बताए ।
बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आलीलाई आफूले टक्कर दिएपछि ओली अहिले बोलाए जसरी जथाभाबी बोल्न र बर्बराउन थालेको बताए । ‘टक्कर दिइसकेपछि अहिले तपाईंहरुले देखिरहनुभएको छ, बौलाएको, के के बोल्छन्, के के बोल्छन् । बर्बराएको के के उट्पट्याङ कुरा गर्छन्’, अध्यक्ष नेपालले ओलीले बोलेका सबै कुराको संकलन निकाल्नुपर्ने बताए ।
उनले भने, ‘के के बोले अहिलेसम्म ? के–के गाली गलोजको भाषा प्रयोग गरे त्यो सबै ।’
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले ओलीका कुरा सबै झुठा हुने गरेको भन्दै आक्रोश, बदलाको भावना, अरुलाई अपमानित गर्ने प्रवृति र आफुलाई सर्वश्रेष्ठ ठान्ने प्रवृति पहिलेका तानाशाही शासकहरुमा जस्तै ओलीमा पनि रहेको बताए । ‘त्यही भएकाले एमालेले स्थानीय तह निर्वाचनमा ठूलो धक्का खाएपछि अहिले आएर ओलीले दक्षिणपन्थीहरु, राजा आउ देश बचाउ र देश विखण्डन गर्ने शक्तिसँग साँठगाँठ गरेका छन्’, अध्यक्ष नेपालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण