मोरङ ३ (१) मा मानबहादुर लिम्बूको मनोनयन
बिहीबार, २४ कात्तिक २०७९, २२ : ४०
मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका लागि नेपाली काँग्रेसका तर्फबाट बेलबारी ८ निवासी मानबहादुर लिम्बूले उम्मेदवारी दर्ता गरेका छन् । लिम्बू नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् ।
उक्त क्षेत्रका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले काँग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि आज १० बजेदेखि १ बजेसम्मका लागि समय दिएको थियो ।

लिम्बूले बेलबारीस्थित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । लिम्बूले उम्मेदवारी दिएसँगै अब एमालेबाट उम्मेदवार बनेका दिलीप राईसँग उनले प्रतिस्पर्धा गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनाको पहिलो दिन कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण