धमिरा हुन् संसारकै उत्कृष्ट अभिभावक, अनुसन्धानमा खुलासा
फ्लोरिडा युनिभर्सिटीका एक वैज्ञानिकले हालै एउटा शोध गरेका छन् जसमा उनले अभिभावकको रुपमा धमिराको व्यवहारको अध्ययन गरेका छन् । यो अनुसन्धानमा निकै अचम्मको तथ्य फेला परेको छ । अनुसन्धानका अनुसार आफ्नो कोलोनीको सुरुवाती जीवनका बेला रानी र राजा धमिरा आमा–बुवाको रुपमा सबैभन्दा कठिन काम गर्छन् ।
फङ्सनल इकोलोजी जर्नलमा प्रकाशित यस शोधले यो विनाशकारी जीवको पछाडि लुकेको निस्वार्थ माता–पिताको व्यवहारबारे जानकारी दिन्छ । स्मरण रहोस्, धमिराले संसारभरीका संरचना क्षती पुर्याएर वार्षिक ४००० करोड डलरको क्षतीका लागि आशिंक रुपमा जिम्मेवार हुन्छ ।
शोधका लेखक तथा यूएफ आइएफएएस फोर्ट लडरडेल रिसर्च एन्ड एजुकेसन सेन्टरमा एन्टोमोलोजीका सहायक प्राध्यापक थोमस चौवेन्क भन्छन्, ‘धमिराबारे कुरा गर्दा वैज्ञानिकहरु अक्सर के सोच्छन् भने यी किरा कम्प्लेक्स कोलोनीमा बस्छन् जहाँ श्रमिकले रानी र राजासमेत सबैको हेरविचार गर्छन् । विकसित कोलोनीमा यस्तै हुन्छ । तर कोलोनी बनाउने बेला नयाँ रानी र राजाले सबैभन्दा राम्रो आमा–बुवाको भूमिका निर्वाह गर्छन् ।’
‘धमिराले आफ्नो कोलोनीको सुरुवात पखेटा भएको दुई धमिरासहित सुरु गर्छ । यी दुई आफ्नो सुरुवाती कोलोनीबाट उड्ने गर्छन्,’ चौवेन्कले भने । यी दुईले एक–अर्कालाई भेटेपछि, आफ्नो पखेटा छोड्छन् र मेटिङका लागि आफूहरुलाई अलग्याउँछन् । त्यसपपछि उनीहरुले आफ्नो नयाँ कोलोनीको सुरुवात गर्ने चौवेन्कले जानकारी दिए ।
नयाँ कोलोनीमा ‘बाइपेरेन्टल’ केयर अर्थात् दुई जीवमाथि नै हेरविचारको जिम्मेवारी हुन्छ । यहाँ पनि यो जिम्मेवारी नयाँ रानी र राजाको काँधमा हुन्छ । तर श्रमिक किरा हुर्कने बित्तिकै कोलोनी ‘एलोप्यारेन्टल’ केयरमा परिवर्तन हुने गर्छ जहाँ साना भाइ–बहिनीको हेरविचार जेठा सन्तानले गर्छन् ।
यो शोधमा चौवेन्कले ४५० भूमिगत धमिरा कोलोनी (कप्टोटर्म्स) माथि अनुसन्धान गरे जुन आफ्नो सुरुवाती चरणमा थियो । चौवेन्कले बाइपेरेन्टलदेखि एलोपेरेन्ट केयरमा परिवर्तनका बेला रानी र राजामा हुने शारीरिक परिवर्तनको समयको अनुसन्धान गरे । शोधका अनुसार राजा र रानीको जोडीले आफ्नो पहिलो बच्चाको अथक देखभाल गर्छन् । यति धेरै मेहनतकी आमा–बुवा असाध्यै थाक्ने गर्छन् । जब बच्चा काम गर्ने लायक हुन्छन् तब राजा र रानी आफ्नो जिम्मेवारी आफ्ना पहिलो सन्तानलाई दिने गर्छन् ।
Study: Termite #queen and #king are the best parents in the world, until they're not https://t.co/ui9vLP2YFS https://t.co/OXN0AzdIQH
— Phys.org (@physorg_com) November 8, 2022
चौवेन्क भन्छन्, ‘एक तरिकाले धमिरा राजा र रानी सबैभन्दा समर्पित माता–पिताको रुपमा सुरुवात गर्छन् । तर उनीहरुका जेठो सन्तान अण्डाको अर्को ब्याचको देखभाल गर्न लायक हुन्छन्, उनीहरु सधैँका लागि आफ्नो कर्तव्यबाट मुक्त हुने गर्छन् । त्यसपछि राजा र रानी प्रजननमा मात्रै ध्यान दिन्छन् । यसले उनीहरुको कोलोनीमा श्रमिक बढ्छन् र एउटा ठूलो कोलोनी तयार हुन्छ ।
शोधका अनुसार रानी र राजा जीवनभरी एकांगी सम्बन्ध (मोनोग्यामस रिलेशन) मा रहन्छन् र आफ्नो जेठो सन्तानलाई आफैँले हुर्काउने–बढाउने गर्छन् । शोधबाट यो पनि पत्ता लागेको छ कि यो जोडीको आमा–बुवाको कर्तव्य केही महिनासम्म मात्रै चल्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण