नेपालमा राजतन्त्र ब्युँतिदैन : नेता सिटौला
बिहीबार, २४ कात्तिक २०७९, १८ : ४८
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजतन्त्र नब्युँतिने बताएका छन् । झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका उनले संवैधानिक व्यवस्थाबमोजिम राज्यबाट सुविधा लिएका व्यक्तिले व्यवस्थाको विरोध गरेर हिँड्न नहुने बताए ।
आज भद्रपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिटौलाले मुलुकको विकास र समृद्धिका लागि गठबन्धनका पक्षमा मतदान गर्न समेत आग्रह गरे । उनले नेपाली काङ्ग्रेसले घोषणपत्रमा समेटेको ‘३-७३’ कार्यान्वयनका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक भएको बताए । काङ्ग्रेसले तीन वर्षमुनिका बालबालिका र ७३ वर्षभन्दा बढी उमेर समूहका नागरिकको निःशुल्क उपचार गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनाको पहिलो दिन कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण