रौतहटमा आगलागी, ११ चौपाया जलेर नष्ट
शुक्रबार, २५ कात्तिक २०७९, ०८ : १४

रौतहटको पूर्वी भेग दुर्गाभगवती गाउँपालिकामा गए राती एक घरमा भएको आगलागीमा परेर एक दर्जन चौपाया जलेर नष्ट भएका छ। आगलागीबाट लाखौँको क्षति भएको छ ।
दुर्गा भगवती गाउँपालिका ४ पचरुखीका लक्ष्मण महतोको घरमा गए राती ११ बजे आगलागी भएको थियो । आगलागीबाट गोठमा रहेको एउटा भैँसी, ,१० वटा ,खसी बाख्रा, केही काठ, धान, गहुँ, लत्ताकपडा जलेको तथा घरमा पनि पूर्ण रुपमा क्षति भएको पीडित परिवारले जनाएका छन् ।
लामखुट्टे धपाउन बालिएको घुपबाट सल्किएर भएको आगलागी बाट १० लाख रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको स्थानीय सञ्चारकर्मी प्रभात कुमार झाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि