राप्रपाले कहिल्यै देशघाती काम गर्दैन : तामाङ
शुक्रबार, २५ कात्तिक २०७९, १६ : १४
राप्रपाका नेता बुद्धिमान तामाङले राप्रपाले कहिल्यै पनि देशघाती काम नगर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै नेता तामाङले ठूला दलले देश विकास र राष्ट्रियताको रक्षाभन्दा पनि देशको राजनीतिलाई व्यापारमा परिणत गरेको आरोप लगाउँदै राप्रपाले मात्र देश बचाउने र बनाउने बताएका हुन् ।
‘ठूला पार्टीले कस्तो संस्कृतिको विकास गरेका छन् भने पैसा दिने, पदमा पुग्ने, पदमा पुगेपछि पैसा कमाउनतिर लाग्ने र फेरि त्यो पैसाले पद किन्ने गरेका छन्’, पूर्व मन्त्री समेत रहेका तामाङको भनाइ छ । उनले हिन्दु राष्ट्र र राजसंस्थालाई हटाएपछि देशमा आमूल परिवर्तन हुन्छ, जनताले सुख पाउँछन् भनेर सोझा जनतालाई भड्काएर यो व्यवस्था ल्याएर जनताको अवस्था झन खराब भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण