भ्रष्टाचारीमाथि ‘डोजर’ चलाउने राप्रपाको इच्छा छ : लिङ्देन
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले तीन दशकदेखि मुलुकको नेतृत्व गर्ने ठूला राजनीतिक दल र व्यवस्था असफल भएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंको वसन्तपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले ठूला राजनीतिक दलको नेतृत्व र व्यवस्था नै असफल भएकाले वैकल्पिक शक्तिका रुपमा राप्रपा आएको बताए ।
‘जबसम्म नेतृत्व परिवर्तन हुँदैन तबसम्म देशले गति लिँदैन’, लिङ्देनको भनाइ छ । उनले अब पूर्ण समानुपातिक संसद, संसदले मन्त्री हुन नपाउने व्यवस्था, जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारिणी प्रधानमन्त्री र अभिभावकीय रुपमा राजा रहने व्यवस्था कायम हुनुपर्ने बताए ।
सर्व धर्म समभाव र बैदिक सनातनसहितको हिन्दु राष्ट्र नेपाल हुनुपर्ने भन्दै उनले न्यायालयको समेत पुर्नसंरचना गर्न जरुरी रहेको बताए । शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त गर्नुपर्ने तथा स्वास्थ्य शिक्षा निःशुल्क र समान हुनुपर्ने भन्दै उनले अवसर पाए नागरिक आयोग गठन गरेर अवैद्य सम्पति जफत गर्ने घोषणा गरे ।
उनले बालेनले काठमाडौंको संरचनामा डोजर चलाएजस्तै भ्रष्टाचारीमाथि डोजर चलाउने इच्छा राप्रपाको रहेको बताए । ‘अवसर पायो भने राप्रपालाई भ्रष्टाचारीमाथि डोजर चलाउने इच्छा छ’, लिङदेनको भनाइ छ ।
अध्यक्ष लिङदेनले संसदमा आफू एक्लै भएकाले परिवर्तन गर्न नसकेको भन्दै अब आफूलाई साथी चाहिएकाले जनतालाई साथीहरू दिन आग्रह गरे । उनले राजनीतिलाई आफ्नो पार्टीले मागी खाने भाँडो नबनाउने भन्दै राप्रपाले पायो भने संसारको सबभन्दा जेठो भाषा पठाउने संस्कृत पढाउने विश्वविद्यालयको हालत सुधार्ने दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण