राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त
शुक्रबार, २५ कात्तिक २०७९, २१ : ३०
राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पौडेललाई राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त गरेको हो । राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि बलात्कार आरोपमा मुद्दा चलिरहेका बेला क्यानले रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो ।
रोहितले नेपालका लागि २५ अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्दै ८०८ रन बनाएका छन् । जसमा एक शतक र पाँच अर्धशतक समेत समावेश छ । त्यस्तै उनले एक दिवसीय टी-२० तर्फ २१ खेल खेल्दै ३७६ रन बनाएका छन् । लिस्ट ‘ए' मा भने उनले ४० खेल खेल्दै एक हजार ४८ रन बनाएका छन् ।
नवलपरासीका २० वर्षीय रोहितले राष्ट्रिय टीममा प्रवेशको छोटो समयमै कप्तान बन्ने अवसर पाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालको मापदण्ड घटाउन जग्गाधनीले दिए सर्वोच्चमा रिट
-
पोखरा महानगरलाई लेखा समितिको निर्देशन: बेरुजु नतिर्नेको तीनपुस्ते सार्वजनिक गर
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
कोशी र बागमती प्रदेशमा बिहानैदेखि वर्षा, दिनभरको मौसम कस्तो रहला ?