राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त
शुक्रबार, २५ कात्तिक २०७९, २१ : ३०
राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पौडेललाई राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त गरेको हो । राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि बलात्कार आरोपमा मुद्दा चलिरहेका बेला क्यानले रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो ।
रोहितले नेपालका लागि २५ अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्दै ८०८ रन बनाएका छन् । जसमा एक शतक र पाँच अर्धशतक समेत समावेश छ । त्यस्तै उनले एक दिवसीय टी-२० तर्फ २१ खेल खेल्दै ३७६ रन बनाएका छन् । लिस्ट ‘ए' मा भने उनले ४० खेल खेल्दै एक हजार ४८ रन बनाएका छन् ।
नवलपरासीका २० वर्षीय रोहितले राष्ट्रिय टीममा प्रवेशको छोटो समयमै कप्तान बन्ने अवसर पाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण