निमुखा जनताको पक्षमा काम गर्नेछु : पहाडी
रुपन्देही क्षेत्र नं. ५ बाट प्रदेश सभा (क) बाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता विनोद पहाडी अहिले चुनावी चटारोमा छन् । उनी मतदाताको घर दैलोमा पुग्न ब्यस्त छन् । पहाडी नयाँ अनुहारका उम्मेदवार हुन् । उनी पहिलो पटक प्रत्यक्षतर्फ चुनाव लड्दैछन् ।
दलित आन्दोलनका अगुवाको रुपमा आफ्नो परिचय बनाएका पहाडी पत्रकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका हुन् । उनले अहिलेको निर्वाचन जिते मुख्य गरिब, निमुखा, दलित, जनजाती तथा दमित वर्गको उत्थानको लागि नीतिगत सुधार गर्ने प्रतिबद्धता जनाउने गरेका छन् । गैडहवामा आयोजित चुनावी कोणसभामा मतदातालाई नेता पहाडीले भने, ‘तपाईहरुलाई एक दुई छाक मासुभात र केही रकम दिएर क्षणिक सुखी बनाउनेहरु आउलान् तर म तपाईहरुलाई जीवनभर खुसी र सुखी बनाउने गरी काम गर्नेछु, मैले नीतिगत रुपमै दमित र निमुखा बर्गको उत्थानको पहल गर्ने छु, त्यसका लागि तपाईहरुले मलाई अमूल्य मत दिएर जिताउन जरुरी छ ।’ उनले यो समयको सदुपयोग गरेर आफूलाई जिताउन आग्रह गरे ।
शुक्रबार पहाडी रुपन्देहीको सैनामैना रामापुर कोलनीबाट करिब ७ किमि उत्तरको शान्तिपुर सुखौरा गाउँ पुगे । पहाडको फेदीमा रहेको यो गाउँ जति सुन्दर छ, त्यो भन्दा बढि यहाँ अभाव र समस्याहरु छन् । यसअघि प्रदेशमा विजयी भएका उम्मेदवारले गाउँको समस्या नसुनेकोमा आक्रोशित रहेका स्थानीयले पहाडीको उम्मेदवारीले केही आशा जगाएको बताए । ‘पहिला हाम्रो गाउँको विकास गर्छु भनेर मत मागेका र विजयी भएका नेताले गाउँको विकास गरेनन्’– स्थानीय कमल सोमैले भने, ‘यसपाली विनोद पहाडी उम्मेद्वार बन्नुभएकोमा खुशी छौं, अहिले सक्षम नेता पाएको महसुस गरेका छौं ।’ उनले शान्तिपुर सुखौरा गाउँमा पुल नहुँदा गाउँलेहरुले सास्ती भोगेको गुनासो गरे । त्यहाँ समस्याबारे पहाडीलाई अवगत गराए ।
सुखौरा गाउँ पुग्नुअघि भरतपुर कुटी गाउँ छ । भरतपुर कुटी र शान्तिपुर सुखौरा गाउँलाई इंगुरिया खोलाले छुट्याएको छ । यो गाउँको पूर्व, उत्तर, दक्षिणमा इगुरिया र पश्चिमा सुखौरा खोलाले घेरेको छ । वस्ती खोलाको कटानका कारण जोखिममा छ । सुखौरा गाउँका स्थानीयहरुले यहाँ मोटरेबल पुल नहुँदा बजार गर्न र रामापुरसम्म आउजाउ गर्न निकै सास्ती भोग्ने गरेका छन् । पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पहाडीले स्थानीयका समस्या समाधानका लागि आफू बिजय भएपनि नभए पनि पहल गर्ने बताए । पहाडीले आफू शान्तिपुर सुखौरा गाउँको समस्याबारे जानकार रहेको बताउँदै खोलामा पक्की मोटरेवल पुल, खानेपानी समस्या समाधान, सिँचाई, विजुलीको पोल तथा शिक्षा र स्वास्थ्यमा सुधार गर्ने प्रतिबद्धता जनाए ।
‘यो गाउँ मेरो पनि बाल्यकाल बिताएको गाउँ हो, यहाँको समस्या समाधानमा तुरुन्त लाग्नेछु’– पहाडीले भने । उनले विगतमा सुखौरागाउँको भन्दा अन्यत्र ध्यान दिने नेतृत्व भएकाले बस्ती ओझेलमा परेकाले अब गठबन्धनका उम्मेदवारले समानुपातिक विकासलाई महत्वका साथ अगाडि बढाउने बताए ।
उनले रुपन्देहीको निर्वाचन क्षेत्र न. ५ र प्रदेश (क) को विकासका लागि आफू प्रतिबद्ध भएर लाग्ने बताए । ‘हामी जनताको बीचबाट अगाडि बढेका छौं, संविधानको रक्षासँगै अब जनताको जीवनस्तर उकास्नेछौं’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
-
सांसदले असहमति जनाएपछि लेखा समितिमा रोकियो राहदानी प्रकरणको छलफल
-
गाडीले गेट त छेक्न सकिएला तर जनआवाजहरू छेक्न सकिन्न : भीष्मराज आङ्देम्बे
-
शैक्षिक परामर्श नियमावलीबारे रास्वपा महामन्त्रीसँग छलफल
-
सोनीको अलराउन्ड प्रदर्शनमा नेपालको सानदार विजयी यात्रा जारी
-
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण