मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

यो पटक ठूलो मतान्तरले विजयी हुन्छु : विष्णु पौडेल

शनिबार, २६ कात्तिक २०७९, १७ : १३
शनिबार, २६ कात्तिक २०७९

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न निर्वाचनमा आफूले विगतको भन्दा ठूलो मतान्तरले विजयी बन्ने दाबी गरेका छन् । शनिबार रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी घरदैलो कार्यक्रममा सहभागी बन्दै उनले यस्तो दाबी गरेका हुन् । उपाध्यक्ष पौडेलले आफूलाई यस वर्ष मतदाताहरूबाट विगतको भन्दा असाधारण साथ सहयोग रहेको उल्लेख गरे । 

उनले भने– ‘हामीले जनताको अपार समर्थन प्राप्त भइरहेको देखिरहेका छौँ । यो समर्थन, सद्भावकाप्रति नतमस्तक भएर मतदाता महानुभावहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छौं । विगतका कुनै पनि मतान्तर भन्दा फराकिलो मतान्तरमा यसपटक प्रतिनिधिसभा र प्रदेश सभामा शानदार ढंगले हामी जित दर्ता गर्नेछौँ ।’

उनले यस किसिमको समर्थन र सहयोग विगतका निर्वाचनमा बिरलै पाउने गरेको पनि बताए । उपाध्यक्ष पौडेलले आसन्न निर्वाचन जितेर रुपन्देही जिल्लालाई भौतिक र मानसिक विकासका दृष्टिकोणले देशकै नमुना बनाउने उद्‍घोष पनि गरे । उनले जिल्लालाई विकासको नमुना र आर्थिक केन्द्र बनाउने प्रतिवद्धता जनाए । पौडेलले नेकपा एमालेले यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा ठूलो जित दर्ता गर्ने बताए ।

उनले भने– ‘मतदाताहरूबाट हामीलाई असाधारण साथ सहयोगको प्रतिवद्धता दिनुभएको छ । मैले विगतका निर्वाचनहरूसँग तुलना गर्दा यस किसिमको समर्थन हामीले बिरलै पाउने गर्थ्यौं । त्यो तहको समर्थन हामीलाई प्राप्त छ । हामी यो जिल्लालाई विकासको नमुना बनाउन भौतिक र मानवीय विकासका दृष्टिकोणले देशकै नमुना बनाउन, एउटा सशक्त आर्थिक केन्द्र बनाउन र पूर्वाधार विकासका साथसाथै मानवीय विकासका दृष्टिकोणले यो निर्वाचन क्षेत्र र यो जिल्लालाई नमुना बनाउन त्यो अठोट, संकल्पका साथमा यो निर्वाचनमा सहभागी छौँ ।’

रुपन्देही क्षेत्र नम्बर २ बाट नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका नेता पौडेलले देशको विकास र समृद्धिको लागि आसन्न निर्वाचनमा एमालेले जित्नैपर्ने बताए । चुनाव नजिकिँदै गर्दा पछिल्लो समय विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले चुनावी प्रचार प्रसारलाई तीव्र पारेका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप