प्रतिबन्धित लागूऔषधसहित झापाबाट एक जना पक्राउ
आइतबार, २७ कात्तिक २०७९, ०८ : २०
लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टा, इलाका प्रहरी कार्यालय धुलावारी र इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित शनिबार एक जनालाई पक्राउ गरेको छ ।
झापाको कचनकवल १ घर भई हाल बुद्ध शान्ति-३ बस्ने वर्ष ३१ को मोहमद हुसेनलाई चेक जाँच गर्दा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिस्याइलो पदार्थ १०२ ग्रामसहित फेला परेकोले पक्राउ गरिएको हो । उनीसँग थप सोधपुछ गर्दा झापाको मेचीनगर ८ बस्ने विकाश राजबंशी कोठामा लुकाई छिपाइ राखेको प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिस्याइलो पदार्थ २५ ग्राम २५० मिलिग्राम र डिजिटल तराजु थान १ फेला परेको प्रहरीले जनाएको छ ।
हुसेनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलावारीमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण