कर्णालीमा सत्ता गठबन्धनको दुई तिहाइ आउने दाबी
सत्तारुढ गठबन्धनले कर्णालीमा दुई तिहाइ बहुमत ल्याउने दाबी गरेको छ । १० वटै जिल्लामा अनुगमन तथा निरीक्षण पश्चात यस्तो गठबन्धनले यस्तो निष्कर्ष निकालेको माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले बताइन् ।
कर्णालीमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका गरी नौ सदस्यीय निर्वाचन परिचालन तथा अनुगमन समिति बनाएको थियो । उक्त समितिले १० वटै जिल्लामा गएर त्यहाँको वस्तुस्थिति बुझेर र देखिएका समस्या समाधान गरेर यो निष्कर्ष निकालिएको उनको भनाइ छ ।
‘प्रतिनिधि सभाका १२ र प्रदेश सभाका २४ वटै निर्वाचन क्षेत्रमा गठबन्धनको पक्षमा उत्साहजनक सहयोग, समर्थन रहेको पाइयो,’ सोमबार पत्रकार सम्मेलनमार्फत केसीले भनिन्,‘ त्यसलाई सुरक्षित गर्नका लागि गठबन्धनका नेता, कार्यकर्ताहरू एकजुट भएका छन् ।’
गठबन्धनका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने व्यक्तिहरुलाई कारबाही समेत गरिसकिएको केसीले बताइन् । अनुगमन समितिले सुरुमा रुकुम पश्चिम, त्यसपछि सल्यान, जाजरकोट, सुर्खेत, हुम्ला, जुम्ला, कालिकोट लगायतका जिल्लाहरुमा गएर निरीक्षण गरेको थियो ।
साथै मंसिर ४ पछि कर्णालीमा गठबन्धनकै सरकार बन्ने नेताहरूको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग
-
लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छः उपत्यका प्रहरी प्रमुख
-
अस्ट्रेलिया र फिजीबीच रक्षा सम्झौतामा हस्ताक्षर
-
बेलायतमा सरिना घलेले जितिन् स्वर्ण
-
नेप्सेका सीईओ चापागाईंले दिए राजीनामा
-
ललितपुरमा युवतिमाथि अश्लील हर्कत गर्ने पुरुष सरकारी कर्मचारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण