विदेशमा बस्ने नेपालीसँग रवि लामिछानेले मागे भोट
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले विदेशमा बस्ने नेपालीहरूसँग पनि मत मागेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले घरमा कुरा हुँदा घण्टी चिह्नमा भोट मागिदिन अपिल गरेका हुन् ।
लामिछानेले विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउनुपर्ने विषयमा आफू प्रष्ट रहेको भन्दै यसप्रति आगामी दिनमा आफ्नो पहल रहने पनि बताएका छन् । उनले लेखेका छन् -'हामीलाई थाहा छ, देशमा चुनावको यत्रो अभियान चलिरहँदा विदेशमा तपाईहरुको मन कति इच्छुक भएको छ भन्ने । हामीलाई थाहा छ, विदेशमा रगत पसिना बगाएर कमाएको पैसा पठाएर चलेको आफ्नै देशमा आफ्नो मतदानको अधिकार नपाउँदा कस्तो हुन्छ भन्ने । हामी गर्नेछौ देशभित्र र विदेशमा जहाँ अस्थायी बसोबास भए पनि आफ्नो स्थायी ठेगाना रहेको क्षेत्रका लागि भोट हाल्ने व्यवस्था । '
लामिछानेले निर्वाचनको माहोल भिन्दै रहेको भन्दै यसपटक देशमा साँच्चै नै केही फरक हुने विश्वास व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण