खोटाङ : मतदान केन्द्र पुग्दै ६२ प्रकारका निर्वाचन सामग्री
जिल्ला निर्वाचन कार्यालय खोटाङले मतदानस्थलमा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका १३६ मतदानस्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्रका लागि मंगलबारदेखि निर्वाचन सामग्री पठाउन सुरु गरेको हो ।
आसन्न ४ मंसिरमा हुने निर्वाचनका लागि मतदाता नामावली, मतपेटिका, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छापलगायतका ६२ प्रकारका निर्वाचन सामग्री पठाउन सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए । निर्वाचन कार्यालयमा निर्वाचन सामग्री बुझ्ने र रुजु गर्ने मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी, सुरक्षाकर्मीको भीड लागेको छ ।
पहिलो चरणमा दूरीका हिसाबले टाढा पर्ने बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका लगायतका पालिकाका मतदान स्थलका लागि निर्वाचन सामग्री पठाउन सुरु गरिएको हो । बुधबारसम्ममा सबै मतदान केन्द्रमा खटिएका कर्मचारीलाई मतदान सामग्री बुझाइसकिने निर्वाचन कार्यालयले जनाएको छ । आसन्न निर्वाचनमा खोटाङका एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्दैछन् ।
यस्ता छन् निर्वाचन सामग्री
निर्वाचन सामग्रीको सूचीमा सियोधागोदेखि पुरुष तथा महिला कार्ड, हातहतियार निषेध कार्ड, मोबाइल निषेध कार्ड, धूमपान निषेध कार्डलगायत छन् । मतदान केन्द्रमा स्टाम प्याड, स्टाम प्याड मसी, पर्मानेन्ट मार्कर, मार्कर पेन, स्केल मेटल, कैंची, ग्लुस्टिक, पञ्चिङ मेसिन, सोसर, प्लाष्टिक थैलो, प्लाष्टिक बोरा, दुई मिटर कोरा कपडा, कोरा कपडाको थैलो, चार पिस प्याकेट लाहा, १० पिस प्याकेट जेल पेन (कालो), चार पिस प्याकेट जेल पेन (रातो), स्टिच, स्टिच मेसिन पिन, परिचयपत्र कार्ड, परिचयपत्र प्लाष्टिक कभर, परिचय–पत्र डोरी, सेनिटाइजर, सर्जिकल मास्क, प्राथमिक उपचार सामग्री पठाइएको छ ।
यस्तै, पोलबुक, पुसपिन (प्याकेट), क्लिप पिन (प्याकेट), प्लाष्टिक सुतली, प्याकिङ टेप, नेपाली कागजको खाम, नेपाली खाम कपडा भएको, सेतो् कागज, रेकर्ड फाइल फित्ता सहित, धागो, सियो, निर्वाचन पोष्टर, मतपेटिका स्टिकर, भित्र कार्ड, बाहिर कार्ड, पुरुष कार्ड, महिला कार्ड, अन्य कार्ड, हातहतियार निषेध कार्ड, मोबाइल निषेध कार्ड, धुम्रपान निषेध कार्ड, मतदाता क्रम संख्या कार्ड, मतकेन्द्र कार्ड, मत संकेत गर्ने नमुना, अस्थायी मतदाता नामावली लगायतका सामग्री पठाइएको निर्वाचन कार्यालयले जनाएको छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको देखियो : राजेन्द्र महतो
-
फिफा विश्वकप २०२६ का उत्कृष्ट ५० खेलाडीः स्पेनका मात्र ९ जना
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति (तस्बिरहरू)
-
उनी स्वयंले खेलिरहन चाहेसम्म मेस्सी विश्वकै उत्कृष्ट खेलाडी रहिरहनेछन् : प्रशिक्षक स्कालोनी
-
कपाल कति पटक कोर्ने ?
-
पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण