मोतिपुर करिडोरमा कसैलाई घरबारबिहीन बनाइँदैन : गृहमन्त्री खाण
रुपन्देही क्षेत्र नंं ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्र निर्माण गर्दा त्यहाँ बसोबास गर्दै आएका कसैलाई पनि घरबारबिहीन हुनु नपर्ने बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाणले मंगलबार जिल्लाको फर्साटिकरमा आयोजित चुनावी सभामा बोल्दै औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर भएपनि करिडोर निर्माण गरिने बताए ।
‘मोतिपुरमा बसोबास भएका व्यक्तिको घर त के, आँगनमा रहेको बोट समेत उखेल्न दिइने छैन,’ उनले भने, ‘ढुक्क सुत्नुस्, गठबन्धन तपाईंको साथमा छ । म तपाईंको साथमा छु ।’ औद्योगिक क्षेत्रमा बसोबास रहेका परिवारको जग्गा बचाउन क्षेत्रफल घटाउने औपचारिक निर्णय भइसकेकाले नआत्तिन उनले आग्रह गरे ।
जनतालाई प्रताडित गरेर हुने बिकासप्रति आफ्नो समर्थन नरहने उनले बताए । औद्योगिक क्षेत्र निर्माणमा तत्काली सरकारले हतार गरेकाले समस्या निम्तिएको उनले बताए । ‘तत्कालीन मन्त्रीज्युलाई शिलान्यास गर्न हतार नगर्नुस् भनेर अनुरोध गरेको थिए,’ उनले भने, ‘तर मान्नु भएन, हतारमा खाल्डो खन्नुभयो, त्यो खाडल हामीले पुर्नु पर्छ ।’ तत्कालीन अर्थमन्त्री विष्णु पौडेल औद्योगिक क्षेत्र शिलान्यासका लागि आएका बेला स्थानीयले प्रतिरोध गर्दा झडप भएको थियो ।
खाणले रुपन्देहीलाई विकसित जिल्ला बनाएरै छाड्ने आफ्नो अठोट भएको समेत बताए । उनले रुपन्देहीको विकासले मुलुकभर विकासको सन्देश दिन सक्ने जनाउँदै त्यसका लागि प्रतिबद्ध भएर लाग्ने दाबी गरे ।रुपन्देही–३ (२) का उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र ढकालले बुटवलबाट राजधानी दाङ पुर्याउन हस्ताक्षर गर्ने व्यक्ति नै अहिले उम्मेदवार रहेको बताए । ‘राजधानी फिर्ता ल्याउँछु भनेर प्रचार गरिरहेका छन्,’ उनले भने, ‘उनीहरुले राजधानी दाङ पुर्याउँदा हामीले आन्दोलन गरेका थियौं, यो कुरा जनताले बुझ्नुपर्छ, हिजो जनताको अपमान गर्नेले माफ माग्नु पर्नेमा राजधानी फिर्ता ल्याउँछु भनेर झुट्टा कुरा गरिरहेका छन् ।’ राजधानी सार्ने नेता प्रचारमा आइरहेकाले प्रश्न गर्न उनले जनतालाई अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षाले नवलपुरमा पहिरो र डुबान, नौ घरपरिवार प्रभावित
-
पैदलयात्रीको सुरक्षाका लागि जावलाखेलमा 'स्मार्ट सेफ्टी ब्यारेड' सञ्चालन (तस्बिरहरू)
-
साम्राज्यवादको घेराबन्दी र एसियाली प्रतिरोधको नयाँ सङ्कल्प
-
सुदूरपश्चिम विश्वविद्यालय मातहतको अनियमितता छानबिन गर्न समिति गठन
-
टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ
-
सप्तरीमा भेटिएका रोहिंग्यालाई अध्यागमन विभागले लिन मानेन, मानवसेवा आश्रम लगियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण