मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

पैदलयात्रीको सुरक्षाका लागि जावलाखेलमा 'स्मार्ट सेफ्टी ब्यारेड' सञ्चालन (तस्बिरहरू)

मङ्गलबार, ३० असार २०८३, १० : ११
मङ्गलबार, ३० असार २०८३

सारांश

  • ललितपुर महानगरपालिकाले पैदलयात्रीको सुरक्षा बढाउन जावलाखेलमा नेपालमै पहिलोपटक प्रयोगात्मक रूपमा स्मार्ट सेफ्टी ब्यारेड सञ्चालनमा ल्याएको छ।
  • यो प्रणालीले ट्राफिक बत्तीको समन्वयमा काम गर्नेछ, जसमा हरियो बत्तीमा ब्यारेड खुल्ने र रातो बत्तीमा बन्द हुने व्यवस्था छ, जसले पैदलयात्रीलाई जेब्रा क्रसिङ प्रयोग गर्न प्रोत्साहित गर्नेछ।
  • सेन्सर प्रणालीले पैदलयात्री बीचमै रहेका बेला ब्यारेड बन्द नहुने सुनिश्चित गर्नेछ, जसले सडक पार गर्दा सुरक्षा प्रदान गर्नेछ।

काठमाडौँ । ललितपुर महानगरपालिकाले पैदलयात्रीको सुरक्षा बढाउने उद्देश्यले जावलाखेलमा 'स्मार्ट सेफ्टी ब्यारेड' सञ्चालनमा ल्याएको छ। महानगरका अनुसार नेपालमै पहिलोपटक प्रयोगात्मक रूपमा जडान गरिएको यो प्रणालीले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्दै सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

ललितपुर महानगरपालिका नगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुका अनुसार ट्राफिक बत्तीसँग समन्वय गरेर सञ्चालन हुने स्मार्ट सेफ्टी ब्यारेडले पैदलयात्रीलाई तोकिएको समयमा मात्रै जेब्रा क्रसिङ प्रयोग गर्न प्रोत्साहित गर्नेछ। हरियो बत्ती बल्दा ब्यारेड स्वतः खुल्ने र रातो बत्ती बल्दा स्वतः बन्द हुने व्यवस्था गरिएको छ, जसले रातो बत्तीमा सडक काट्ने प्रवृत्ति नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।

01-Lalitpur road cross safety barrier_Nepal Photo Library11

ब्यारेडमा जडान गरिएको सेन्सर प्रणालीका कारण पैदलयात्री बीचमै रहेका बेला ब्यारेड बन्द हुँदैन। यसले सडक पार गरिरहेका व्यक्तिलाई सुरक्षित रूपमा आवतजावत गर्न सहयोग गर्ने र सम्भावित दुर्घटनाको जोखिम कम गर्ने महानगरको भनाइ छ।

02-Lalitpur road cross safety barrier_Nepal Photo Library12

महानगरले जेब्रा क्रसिङ बाहेक अन्य स्थानबाट सडक पार गर्ने प्रवृत्ति रोक्न सडकको दायाँ बायाँ गमला राख्ने तयारी पनि गरेको जनाएको छ।

03-Lalitpur road cross safety barrier_Nepal Photo Library13

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले विगतमा ट्राफिक नियमको बेवास्ता तथा जेब्रा क्रसिङको उचित प्रयोग नहुँदा पैदलयात्री दुर्घटनाका घटना बढेको उल्लेख गर्दै स्मार्ट सेफ्टी ब्यारेडले पैदलयात्री र सवारी चालक दुवैका लागि सुरक्षित तथा व्यवस्थित सडक वातावरण निर्माण गर्न  यो प्रविधि प्रयोग गरिएको बताए । 

04-Lalitpur road cross safety barrier_Nepal Photo Library14

हाल जावलाखेलका दुई स्थानमा परीक्षणका रूपमा स्मार्ट सेफ्टी ब्यारेड जडान गरिएको छ। परीक्षण सफल भए ललितपुर महानगरभित्र ट्राफिक लाइट रहेका सबै चोकमा यसलाई क्रमशः विस्तार गर्ने योजना रहेको उनले बताए । तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

05-Lalitpur road cross safety barrier_Nepal Photo Library106-Lalitpur road cross safety barrier_Nepal Photo Library207-Lalitpur road cross safety barrier_Nepal Photo Library308-Lalitpur road cross safety barrier_Nepal Photo Library409-Lalitpur road cross safety barrier_Nepal Photo Library511-Lalitpur road cross safety barrier_Nepal Photo Library712-Lalitpur road cross safety barrier_Nepal Photo Library813-Lalitpur road cross safety barrier_Nepal Photo Library914-Lalitpur road cross safety barrier_Nepal Photo Library10

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप